६८ औं राष्ट्रिय सहकारी दिवस कास्कीमा विविध कार्यक्रम गरेर मनाइँदै

पाेखरा | चैत १४, २०८१

६८ औं राष्ट्रिय सहकारी दिवस कास्कीमा विविध कार्यक्रम गरेर मनाइँदै

पोखरा:   ६८ औं राष्ट्रिय दिवस कास्कीमा पनि विविध कार्यक्रमसहित मनाइने भएको छ । जिल्ला सहकारी संघ कास्कीको आयोजनामा भोलिदेखि विविध कार्यक्रम गरेर ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको हो । 


जिल्ला सहकारी संघ कास्कीका महासचिव दिपक प्रकाश आचार्यले राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तर सहकारी स्तरीय बुद्धिचालदेखि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए । ‘६८ औं राष्ट्रिय सहकारी दिवस (मर्यादित सहकारीः समुन्नत समाज) भन्ने नारासहित मनाउँदै छौं’, महासचिव आचार्यले भने, ‘जिल्ला सहकारी संघ कास्कीले विविध प्रतियोगितादेखि अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेर मनाउँदै छौं ।’


उनका अनुसार राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित अन्तर सहकारीस्तरीय बुद्धिचाल प्रतियोगितामा ३० प्रतियोगीको सहभागिता रहेको छ । यस्तै सहकारी दिवसमो अवसरमा अन्तर विद्यालयस्तरीय निबन्ध प्रतियोगिता समेत आयोजना गरिएको छ । ‘आजको सहकारी उत्पादनमा साझेदारी’ र मर्यादित सहकारीः समुन्नत समाज’ शिर्षकमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सञ्चालन हुनेछ । 


सहकारी दिवसको अवसरमा साइकल ¥याली, रक्तदान, सरसफाई, अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको छ । सहकारी दिवसको दिन चैत २० गतेको साँझ दिप पञ्वलन समेत आयोजना गरिएको छ।


जिल्ला सहकारी संघ कास्कीका पूर्वअध्यक्ष एवं पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले यो बेला सहकारी क्षेत्रमा देखिएको निरासा समाधान गर्न दिवस सफल हुने अपेक्षा राखे ।


जिल्ला सहकारी संघ कास्कीमा ४ सय ४१ वटा सहकारी आवद्ध छन् । संघमा आवद्ध ४ वटा सहकारी समस्या ग्रष्ट सूचीमा रहेको जनाइएको छ । 

पोखरा:   विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तरगत चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।  उक्त प्रतियोगितामा कक्षा नर्सरीबाट इशान सुवेदी प्रथम, सनिका थापामगर द्वितीय र इज्र...

थप पढ्नुहोस्

धनगढी: बाजुराको हिमाली गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुढीनन्दा नगरपालिकाको कोल्टीबाट हिमाली गाउँपालिकाको धुलाचौरतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको जीप सिउडी खोलामा दुर्घटनामा...

थप पढ्नुहोस्

काठमाडौं:  सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार (जेठ ३) बस्ने भएको छ ।  कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरम...

थप पढ्नुहोस्