६८ औं राष्ट्रिय सहकारी दिवस कास्कीमा विविध कार्यक्रम गरेर मनाइँदै
पाेखरा | चैत १४, २०८१
पोखरा: ६८ औं राष्ट्रिय दिवस कास्कीमा पनि विविध कार्यक्रमसहित मनाइने भएको छ । जिल्ला सहकारी संघ कास्कीको आयोजनामा भोलिदेखि विविध कार्यक्रम गरेर ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको हो ।
जिल्ला सहकारी संघ कास्कीका महासचिव दिपक प्रकाश आचार्यले राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तर सहकारी स्तरीय बुद्धिचालदेखि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए । ‘६८ औं राष्ट्रिय सहकारी दिवस (मर्यादित सहकारीः समुन्नत समाज) भन्ने नारासहित मनाउँदै छौं’, महासचिव आचार्यले भने, ‘जिल्ला सहकारी संघ कास्कीले विविध प्रतियोगितादेखि अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेर मनाउँदै छौं ।’
उनका अनुसार राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित अन्तर सहकारीस्तरीय बुद्धिचाल प्रतियोगितामा ३० प्रतियोगीको सहभागिता रहेको छ । यस्तै सहकारी दिवसमो अवसरमा अन्तर विद्यालयस्तरीय निबन्ध प्रतियोगिता समेत आयोजना गरिएको छ । ‘आजको सहकारी उत्पादनमा साझेदारी’ र मर्यादित सहकारीः समुन्नत समाज’ शिर्षकमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सञ्चालन हुनेछ ।
सहकारी दिवसको अवसरमा साइकल ¥याली, रक्तदान, सरसफाई, अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको छ । सहकारी दिवसको दिन चैत २० गतेको साँझ दिप पञ्वलन समेत आयोजना गरिएको छ।
जिल्ला सहकारी संघ कास्कीका पूर्वअध्यक्ष एवं पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले यो बेला सहकारी क्षेत्रमा देखिएको निरासा समाधान गर्न दिवस सफल हुने अपेक्षा राखे ।
जिल्ला सहकारी संघ कास्कीमा ४ सय ४१ वटा सहकारी आवद्ध छन् । संघमा आवद्ध ४ वटा सहकारी समस्या ग्रष्ट सूचीमा रहेको जनाइएको छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

