एन्फाको वार्षिक बजेट डेढ अर्ब
काठमाडाैं | चैत १३, २०८१
काठमाडौं: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० बजेट साधारणसाभामा पेस गर्ने निर्णय गरेको छ ।
एन्फाको दुई दिन बसेको कार्यसमितिको बैठकले आगामी वैशाख २६ गते साधारणसभा गर्ने निर्णय गर्दै उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि उक्त रकम पेस गर्ने निर्णय गरेको एन्फाद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
एन्फाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन पनि कार्यसमितिबाट पारित गरेर साधारणसभामा पेस गर्ने निर्णय गरेको छ । कार्यसमितिको बैठकले पियुष न्यौपानेलाई अन्तरराष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले म्याट रसलाई राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
यस्तै एन्फाले पूर्वअध्यक्ष गणेश थापाले फिफाको निर्देशन उल्लङ्घन गरेको लगायत अन्य गतिविधिमाथि आवश्यक अनुसन्धान तथा छानबिन गरी कारबाही गर्न फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा सङ्घको न्यायिक निकायमा आवश्यकताअनुसार पत्राचार गर्ने निर्णय गरेको छ ।
त्यस्तै, एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य व्यक्तिउपर गम्भीर प्रकृतिका उजुरीलाई सम्बन्धित निकायमा छानबिन गरी निर्णयका लागि पत्राचार गर्ने निर्णय गरेको छ ।
काठमाडौं: डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम तिरे...
म्याग्दी: कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । ...
काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...

