अछामको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प
काठमाडाैं | चैत ५, २०८१
काठमाडौं: अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः३३ बजे अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि गत फागुन २४ गते बाग्लुङ जिल्लाको खुङखानी आसपास केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ ।
नेपाल हिमालय क्षेत्र भएका कारण भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र...
गोरखा: गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ। पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...
काठमाडौं: डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम तिरे...

