शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट
पाेखरा | चैत २, २०८१
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी रहेको बताउनुभएको छ ।
निवृत्त शिक्षक समुदाय, कास्कीको २४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि भट्टले शिक्षण पेशालाई अझ बढि सामाजिक हैसियत प्रदान गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
‘निवृत्त शिक्षक समुदायले पेसागत अधिकारको मात्र नभएर शैक्षिक, सामाजिक क्षेत्रमा पनि उल्लेखनीय कार्य गर्दै आएको पाएको छु ।’ उहाँले भन्नुभयो – ‘हामीसँग विज्ञ शिक्षक छन्, राम्रा प्रशिक्षक छन् । सरकारका तीनै तहले सदुपयोग गरेर राष्ट्रहितमा शिक्षकका अनुभवलाई उपयोग गरी शैक्षिक गुणस्तर उन्नयनमा लगाउन आवश्यक छ ।’
देशको कर्णधार तयार गर्ने र मुलुकका महत्वपूर्ण परिवर्तनहरुमा अहम् भूमिका निर्वाह गर्ने शिक्षकहरुले अवकासपछि पनि सम्माननीय र सुरक्षित जीवन यापन गर्नसक्ने राम्रो वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो । शिक्षकको सम्मान नहुने समाजलाई उत्कृष्ट र शिक्षित समाज भन्न नसकिने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘प्रत्येक मानिसले जीवनभर कुनै क्षेत्रको सेवा गरेपछि जीवनका उत्तराद्र्धमा आर्थिक तथा हरेक कोणबाट आफू सुरक्षित बन्ने अपेक्षा राखेका हुन्छन् । सेवा निवृत्त शिक्षकहरुले आफ्नो परिचयपत्र बोकेर आफूले समाज र सिङ्गो देशलाई पु¥याएको योगदानप्रति गर्व गर्नसक्ने अवस्था निर्माण गर्नुपर्नेछ ।’
प्रदेश प्रमुख भट्टले निवृत्त शिक्षकहरूले निजामति कर्मचारी सरह सेवासुविधा माग गर्दै आएकोबारे आफू जानकार रहेको बताउँदै शिक्षा ऐन संसद्को यही अधिवेशनबाट जारी गर्ने गरी संघ सरकारले काम अगाडि बढाइरहेको उल्लेख गर्नुभयो । ऐनमा समेट्ने विषयमा एकमत बनाउन लागि निवृत्त शिक्षक समुदायहरूको पनि प्रमुख भूमिका रहने उहाँको भनाई छ ।
प्रदेश प्रमुख भट्टले जीवनको १४ वर्ष आफू पनि शिक्षा क्षेत्रसँग संलग्न रहेको अनुभव बाँड्नुभयो ।
निवृत्त शिक्षक समुदायले स्थापनकालदेखि नै संस्थाले सुधार र शिक्षक हकहितका लागि भएका थुप्रै प्रयासमा सक्रिय भूमिका निर्वाह गरेको थाहा पाउँदा खुशी पनि व्यक्त गर्नुभयो ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

