नेपाल नामिबियासँग पराजित
काठमाडाैं | फागुन २८, २०८१
काठमाडौं: महिला ट्वान्टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । जारी प्रतियोगितामा नेपालको यो प्रतियोगितामा तेस्रो हार हो ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो । हारसँगै नेपाल फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।
नामिबियासँगको पहिलो भेटमा पनि नेपाल ६ विकेटले पराजित भएको थियो । यस्तै घरेलु टोली युगान्डलाई एक विकेटले हराएको नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो ।
प्रतियोगितामा दोस्रो जित निकालेको नामिबियाको चार खेलमा चार अङ्क छ । नामिबियाले यसअघि पनि नेपाललाई पराजित गरेको थियो । साथै हङकङसँग चार विकेट र युगान्डासँग एक रनको पराजय बेहोरेको थियो ।
नामिबियाले प्रस्तुत गरेको १२६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर पाँच विकेट गुमाउँदै १०२ रन मात्रै बनाउन सक्यो । नेपालका लागि साना प्रवीनले ३१, कविता कुँवरले अविजित १७ तथा पूजा महतो र कप्तान इन्दु बर्माले समान १५ रन बनाए ।
नामिबियाका लागि इभ्लिन केजरुक्वाले दुई तथा विल्का एमवाटिल, साइमा टुहाडेलिनी र मिकेली एमवाटिलले समान एकरएक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२५ रनको योगफल बनाएको थियो । नामिबियाका लागि यास्मिन खानले ४५, विल्का एमवाटिलले २०, आरास्ता डियर्गार्डले अविजित १६ तथा सुने विटम्यानले १५ रन बनाए ।
नेपालका लागि ईश्वरी विष्टले तीन, रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले समान एकरएक विकेट लिए । नेपालले अर्को खेल भोलि युगान्डासँग खेल्ने तालिका छ ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

