होलिल्याण्डको नयाँ भेन्यु कोमागाने पार्क

पाेखरा | फागुन २८, २०८१

होलिल्याण्डको नयाँ भेन्यु कोमागाने पार्क

पोखरा:    पोखराको फेवाताल किनार बाराही घाट चौरमा फागु पूर्णिमा होलीको दिन बिहीबार हुने भनिएको (होलिल्याण्ड)को कार्यक्रम स्थल सरेको छ । 


आयोजक प्रचार नेपाल र स्पेक्स फोर्टिनले बुधबार एउटा सूचना निकालेर कार्यक्रम हुने स्थान विशेष कारणले सार्नुपरेको जनाएको छ । 


कार्यक्रम कोमागाने पार्क (केदारेश्वर मन्दिर क्षेत्र)मा सारिएको प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए । अन्तिम समयमा कार्यक्रम स्थल सार्नुपरे पनि आफूहरुको उर्जा नघटेको पुरीले बताए । 


होलिल्याण्डको दोस्रो संस्करणमा पनि प्रवेश निशुल्क रहेको छ । कार्यक्रममा डिजे डेनी, डिजे अनिष, डिजे रुस, डिजे एम्मी, डिजे न्याक्सिजम, डिजे साउडेको प्रस्तुति रहने उनले बताए । उक्त कार्यक्रमको स्टेज हाइपरमा बकबक ९विवेक गुरुङ० रहेका छन् । स्टेज हाइपर भनेको डिजेले प्रस्तुति दिँदा माहोल बनाउने व्यक्ति हुन् । 


कार्यक्रममा हट एअर बेलुन, अल्ट्रालाइट, ड्रोन स्प्लयास, खानाको स्टल र सांगीतिक प्रस्तुति आकर्षणको रुपमा रहने स्पेक्स फोर्टिनका संचालक महेश्वरसिंह भण्डारीले जानकारी दिए । 


बिहान ११ बजेदेखि ६ बजेसम्म हुने कार्यक्रमको सञ्चालक एकिन गुरुङ छन् । यो कार्यक्रमलाई टिल्ट योर वर्ल्ड र एक्स्पर्ट एजुकेसन एन्ड भिसाले सहयोग गरेको छ । 


प्रचार नेपालले पोखरामा प्रायः सांगीतिक कार्यक्रम गर्दै आएको छ । यो वर्षको प्रणय दिवस ९भ्यालेन्टाइन डे०मा द एज ब्यान्ड र स्वरको कन्सर्ट गरेको थियो जहाँ करिब ५ हजार दर्शक उपस्थित थिए । त्यसअघि गत कार्तिकमा चर्चित गायक सज्जनराज वैद्यको कन्सर्टको व्यवस्थापन प्रचार नेपालले नै गरेको थियो ।  


अंग्रजी नयाँ वर्षको अवसरमा यो वर्ष आयोजित २६ औं सडक महोत्सवमा प्रचारले गत पुसमा ‘द एण्ड गेम’ नाम दिएर सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजु–भाइहरु, र्‍यापर डोंग, देवेन्द्र बब्लु एण्ड द फिरन्तेलगायतको कन्सर्ट गरेका थिए ।

काठमाडौं:  २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो ।  गत २०८१ सालको चैत ...

थप पढ्नुहोस्

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीले पोखरा महानगरपालिका–९ मा भएको विकासक्रमको फोटो प्रदर्शन गरेको छ । पोखरा महानगरपालिका वडा नम्वर ९ को सहयोगमा शुक्रबार महेन्द्रपुलस्थित अन्तर्राष्...

थप पढ्नुहोस्

पोखरा:  पोखरामा आज टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु  भएको छ । पोखराको छोरेपाटनबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर च...

थप पढ्नुहोस्