गण्डकी प्रदेश प्रमुख भट्ट अस्वस्थ

पाेखरा | फागुन ९, २०८१

गण्डकी प्रदेश प्रमुख भट्ट अस्वस्थ

पोखरा:    गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट अस्वस्थ भएका छन् ।


साताव्यापी लामो सुदूरपश्चिम भ्रमण गरी फर्किएका भट्टलाई चिसोको कारण श्वासप्रश्वासमा समस्या भएपछि महेन्द्रपुल स्थित ॐ हस्पिटलमा भर्ना गरिएको प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए ।


‘स्याङ्जाको सिरूबारी लगायत ठाउँका विभिन्न कार्यक्रममा २ दिन सहभागी भएपछि गृहप्रदेश सुदूरपश्चिम जानुभएको थियो’, अधिकारीले भने ‘कैलाली, डोटी र डडेलधुरामा एक साता लामो कार्यक्रममा सहभागी हुनुहुँदा चिसोले समस्या भएको हो ।’


प्रदेश प्रमुख भट्टलाई विहीबार साँझ ॐ हस्पिटल, महेन्द्रपुलमा भर्ना गरिएको छ । बरिष्ठ छाती रोग विशेषज्ञ डा। सीपी आचार्य नेतृत्वको चिकित्सकीय टोलीले उपचार गरेका छन् ।


‘खोकी लागिरहेपछि अस्पताल आउनुभएकोमा निमोनिया देखिएको छ । केही दिन निगरानीमै राखेर उपचार गरिनेछ ।’डा. आचार्यले भने ।


यसैबीच, उपचाररत प्रदेश प्रमुखको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार बिहान पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारी अस्पताल पुगेका छन् ।


नेकपा एमाले गण्डकी सचिव धनञ्जय दवाडी र नेता माधव बास्तोलाले पनि अस्पताल पुगेर प्रदेश प्रमुखलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।

पोखरा:    नेकपा (एमाले)ले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरेको छ । फोर्सको प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र फोर्सको प्रदेश प्रमुख कमान्डरमा पानबहादुर जिसी छ...

थप पढ्नुहोस्

पोखरा:    ९ वर्षपछि आयोजक सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई पेना...

थप पढ्नुहोस्

शेर्पा समुदायले आज (बुधबार) विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।   पर्वको अवसरमा शेर्प...

थप पढ्नुहोस्