एमाले कास्कीको तीन महिने ‘जरा अभियान’: शुक्रबार पोखराको सभागृहमा अभिमुखिकरण

पाेखरा | फागुन ८, २०८१

एमाले कास्कीको तीन महिने ‘जरा अभियान’: शुक्रबार पोखराको सभागृहमा अभिमुखिकरण

पोखरा:  नेकपा (एमाले) कास्की जिल्ला कमिटीले तीन महिने ‘जरा अभियान’ अन्तर्गत भोलि (शुक्रबार) जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रमको आयोजना गर्ने भएको छ ।

 

आगामी चैतसम्म सञ्चालन हुने यस ‘जरा अभियान’ले स्थानीय तहमा पार्टी तथा जनवर्गीय संगठनलाई मदबुद बनाउने उद्देश्यसहित अभियान थालिएको हो ।

 

पोखरा सभागृहमा हुने कास्की जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, खगराज अधिकारी तथा स्थायी कमिटी सदस्य किरण गुरुङ लगायतको उपस्थिति रहने कास्कीका सचिव दर्शन लामाले जानकारी दिए ।

 

उनका अनुसार कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ । 

 

गुटबन्दीको अन्त्य  गर्नका लागि जरा अभियानले महत्वपूर्ण योगदान दिने उनको विश्वास छ । 

 

‘जरा अभियान’को उद्देश्य पार्टीको संगठनात्मक संरचनालाई बलियो बनाउने त हो नै र पार्टीको सकरात्मक र रचनात्मक काम जनतासामु पेश गर्नेछ, उनले भने, ‘यतिमात्र नभएर यो अभियानले पार्टीभित्रको गुट उपगुटको प्रथालाई सदाका अन्त्य पनि गर्नेछ ।’ 

 

उक्त अभियानले कास्की जिल्लाका सबै तहका कमिटीलाई एकजुट गरेर जनसंगठनको विस्तार र पार्टी सदस्यता बढाउने, जनप्रतिनिधिहरूसँगको समन्वयलाई सुधार्ने, पार्टीका गतिविधिहरू र योजनाहरूलाई जनतासम्म पुर्याउने र जनप्रतिनिधिहरूसँगको सहकार्यलाई बढाउदै लैजाने, जनसंगठनहरूको सक्रियता बढाउने लक्ष्य लिएको छ ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्