पोखरेली उपन्यासकार दीपकको ‘मिथ्या’ पद्यश्री मनोनयनमा
पाेखरा | साउन १५, २०७९
फाइल तस्विर
पोखराः पोखराका साहित्यकार दीपक पराजुलीको पहिलो उपन्यास ‘मिथ्या’ पद्यश्री पुरस्कारकालागि मनोनयनमा परेको छ ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्ष ५ कृतिको सूचीमा मिथ्यालाई समावेश गरेको हो ।
सूचीमा परेका अन्य कृतिमा डा. नवराज लम्सालको महाकाव्य अग्नि, केशवराज ज्ञवालीको कथासङ्ग्रह अर्को भोर, उषा हमालको निबन्धसङ्ग्रह भिक्षुसँग प्रेम, दीपक पराजुलीको उपन्यास मिथ्या र केवल बिनाबीको कविता सङ्ग्रह यादहरूको सङ्ग्रहालय रहेका छन् ।
यसअघि नै प्रतिष्ठानले असार १५ मा पुरस्कारका लागि छनोट गरिएका पुस्तकहरूको लामो सूची जारी गरेको थियो ।
उक्त लामो सूचीमा परेका कृतिहरूमध्येबाट समितिले थप अध्ययन तथा मूल्याङ्कन गरी प्रतिष्ठानलाई उत्कृष्ट छोटो सूचीका लागि पाँचवटा कृतिहरूको नाम उपलब्ध गराएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
पुरस्कारको राशि सुरुमा एक लाख रुपैयाँ थियो भने दुई लाख रुपैयाँ हुँदै ०७६ सालबाट तीन लाख रुपैयाँ पुर्याइएको छ । यो पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिन्छ ।
रचनाको हिसाबले मिथ्या दोस्रो कृति रहेको पराजुलीले बताएका छन् । पद्यश्रीको छनौटमा परेपछि सुनगाभा न्यूजलाई छोटो प्र्रतिक्रिया दिँदै पराजुलीले साहित्यको उत्कृष्ट पुरस्कार पद्यश्रीमा मनोनयन हुनु खुशीको विषय भएको उल्लेख गरे ।
‘सामान्य बिरामी छु, अहिले आरामको आवश्यकता छ’ पराजुलीले भने ‘मनोनयन सूचीमा परेकाे छु प्रतिष्ठानलाई धन्यवाद ।’
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

