गणतन्त्रको प्रवेश विन्दु २००७ साल: प्रमुख सचेतक परियार
काठमाडाैं | फागुन ६, २०८१

काठमाडौं: नेपालको राजनीतिक इतिहासमा २००७ साल देशमा प्रजातन्त्र स्थापना गर्ने अभियानको महत्त्वपूर्ण पानी ढलो हो ।
समाजको विकास क्रमलाई नियाल्दा एउटा क्रमागत विकास र अर्को क्रान्तिकारी बाटो अपनाइन्छ । छिटो नतिजा प्राप्त गर्ने भनेको आन्दोलन र विद्रोह नै हो ।
२००७ सालमा प्रजातन्त्र नआएको भए विसं २०६२/६३ मा गणतन्त्र सम्भव थिएन । दुवै घटना एक–अर्कासँग सम्बन्धित छन् । २०४६ सालमा बहुदलीय व्यवस्था र विसं २०६२/६३ को आन्दोलन र सङ्घर्षको उपलब्धिका रुपमा गणतान्त्रिक व्यवस्थासहितको संविधान जारी भएको छ ।
त्यसबाट उन्नत लोकतान्त्रिक शासन व्यवस्था भनेको गणतन्त्र नै भएको मान्यता स्थापित भएको छ । त्यसबेला राज्यसत्ता नागरिकका लागि केन्द्रीकृत गर्ने खालको थियो ।
प्रजातन्त्र भनेको व्यक्तिलाई स्वतन्त्र बनाउने र सार्वभौम अधिकारको रक्षा गर्ने हुनुपर्छ । लोकतन्त्रमा मानव अधिकारको रक्षा हुनुपर्छ । त्यो सांस्कृतिक र सामाजिक अधिकारसँग जोडिएको हुन्छ । राजनीतिक रुपमा मानिसको अधिकारलाई केन्द्रमा राखियता पनि आर्थिक विकास र सांस्कृतिक अधिकार स्थापनाको विषयलाई उत्तिकै महत्व दिनुपर्छ ।
अहिले अभ्यास गरेको गणतन्त्रात्मक शासन व्यवस्थाको प्रवेश विन्दु २००७ सालको क्रान्ति नै हो । प्रजातन्त्रभन्दा लोकतन्त्र अलि उन्नत अवधारणा हो । लोकतन्त्रमा जनताले विधि, पद्धति र प्रक्रियाका आधारमा र शासनबाट चलाउनुपर्छ भन्ने मान्यता राखिन्छ । २००७ सालमा प्रजातन्त्र आउनु भनेको त्यस बेलाको चेतना र समाजको राम्रै विद्रोह थियो ।
सही सूचना सम्प्रेषणमा राससले नेतृत्वदायी भूमिका छ । जहाँसम्म सूचना प्रविधिका क्षेत्रमा भएको प्रगतिले पछिल्लो समय समाचार प्राप्तिमा समस्या नभए पनि जनताका अधिकार रक्षा गर्ने र समाज रुपान्तरणका लागि सही समाचार सम्पे्रेषणको चुनौती भने कायमै छ ।
सूचना र समाचारको शक्ति ठूलो हुन्छ । सञ्चारमाध्यम सधैँ जनता र लोकतन्त्रको पक्षमा हुन्छन् भन्ने विश्वास गरिन्छ । सत्य, तथ्य र सही सूचना सम्प्रेषणमा राससले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । सरकार र पार्टीभन्दा राज्य र संविधानमा लिपिबद्ध भएका जनताका अधिकारसँग समाचार नजिक हुनपर्छ । समावेशीका मुद्दालाई प्राथमिकता दिनुपर्छ ।
यहाँबाट सम्प्रेषण हुने विषयवस्तुमा समावेशिता हुनुपर्छ । महिला, पछिपरेका समुदाय, मधेस, दलित र जनजाति समुदायका सवालसँग जोडिएका विषयवस्तुलाई आवश्यक स्थान र प्राथमिकता दिने सवालमा रासस नमूना बन्नुपर्छ । त्यसमा विवेक प्रयोग हुनुपर्छ । वर्तमान र संविधानप्रति उठेको गलत भाष्यलाई चिर्न सक्नुपर्छ । राससले समाचारको विश्वसनीयता जोगाउँदै राज्यको भरपर्दो निकायका रुपमा स्थापित हुँदैजाओस् ।
पाल्पाको बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा संस्कृति संरक्षण गर्ने उद्देश्यसहित विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा सक्रिय माउण्ट एभरेष्ट युवा क्लबले बडा दशैं (विजयादशमी...
नेपाल प्रहरीका १८ जना प्रहरी कर्मचारी असारयता आफूखुशी गैरहाजिर रहेका छन्। प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्द...
लुम्बिनी प्रदेशमा दसैँको अवधिमा ५३६ वटा सवारी दुर्घटना भएका छन् । असोज ६ गतेदेखि १९ गतेसम्मको अवधिमा प्रदेशका १२ वटा जिल्लामा गरी ५३६ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको हो । त...