आहा! रारा पोखरा गोल्डकपमा उज्बेकिस्तानको 'ब्ल्याक बुल्स च्याम्पियन'

पाेखरा | फागुन ३, २०८१

आहा! रारा पोखरा गोल्डकपमा उज्बेकिस्तानको 'ब्ल्याक बुल्स च्याम्पियन' PHOTO: SUDARSHAN RANJIT

पोखरा:  २४ औं आहा! रारा पोखरा गोल्डकपकमा  उज्बेकिस्तानको 'ब्ल्याक बुल्स च्याम्पियन' बनेको छ ।

 

पोखरा रङ्गशालामा आज भएको फाइनल खेलमा ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

 

च्याम्पियन बनेको बुल्सको जीतमा कुभोनचबेक ओलिनोभले ४०औं, असिलबेक ओरिफजोनोभले ५८ औं तथा साभकातजोन सात्तोरोधले ६६ औं मिनेटमा गोल गरे ।

 

पुलिसका लागि भने शिशिर चौधरीले ७४ औं मिनेटमा सान्त्वना गोल फर्काए ।

 

पहिलो सहभागितामै ऐतिहासिक उपाधि जित्दै ब्ल्याक बुल्सले नगद रु १२ लाख १ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।

 

यस्तै उपविजेता बनेको पुलिस क्लबले  नगद रु ६ लाख १ हजार  हात पार्याे । 

पोखरा:    नेकपा (एमाले)ले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरेको छ । फोर्सको प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र फोर्सको प्रदेश प्रमुख कमान्डरमा पानबहादुर जिसी छ...

थप पढ्नुहोस्

पोखरा:    ९ वर्षपछि आयोजक सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई पेना...

थप पढ्नुहोस्

शेर्पा समुदायले आज (बुधबार) विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।   पर्वको अवसरमा शेर्प...

थप पढ्नुहोस्