विश्व सिमसार दिवसको अवसरमा फेवा किनारमा संरक्षण फोटो प्रदर्शनी
पाेखरा | माघ २१, २०८१
पोखरा: विश्व सिमसार दिवस २०२५ को अवसरमा पोखराको फेवाताल किनारमा सिमसार संरक्षणमा जनचेतना अभिबृद्धि गर्ने लक्ष्यका साथ फोटो प्रदर्शनी गरिएको छ ।
पत्रकार कृष्णमणि बरालद्धारा खिचिएका सिमसारका विभिन्न अवस्था झल्कने फोटो प्रदर्शनी भएको हो ।
राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल, सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामको आयोजना र पोखरा महानगरपालिका वडा नं ६ को सहयोगमा भएको सिमसार संरक्षण फोटो प्रदर्शनीमा विगत २० वर्ष यता विभिन्न समयमा खिचिएका फेवाताल सहित पोखराका ९ तालका विभिन्न अवस्था झल्कने ३५ वटा तस्बिर प्रदर्शनमा राखिएको पत्रकार कृष्णमणि बरालले जानकारी दिए ।
२० वर्षकै अन्तरालमा फेवाताल कसरी साँगुरिएको छ र प्रदूषणको चपेटामा पर्दै गएको छ भन्ने तुलनात्मक तस्बिर प्रदर्शनीमा राखिएको थियो ।
सिमसार, सिमरामा पाइने जीव, सबै प्राणीकालागि नभैनहुने पनीका स्रोत संरक्षणकालागि जनचेतना जगाउने उद्देश्यका साथ संरक्षण फोटो प्रदर्शन ीगरिएको पत्रकार बरालले बताए ।
फोटो प्रदर्शनीको समुहिक रुपमा पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णुुबहादुर भट्टराई, हर्पन फेवा मत्स्य सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञानबहादुर जलहारी र वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्र.ना.उ.सन्तोष निरौलाले उद्घाटन गरेका थिए ।
सिमसार क्षेत्रको संरक्षणका साथै पर्यावरणीय संरक्षणमा यो प्रदर्शनीले जनचेतता अभिबृद्धि गर्ने वडा अध्यक्ष भट्टराईले विश्वास गरे ।
२० वर्षकै अवधीमा ताल धेरै साँगुरिदै जानुको साथै प्रदूष(ाको चपेटमा परेकोले पुर्खौदेखि माछा मारेर जिवीका चलाउँदै आएका जलारी समूदायको पेशा नै संकटमा पर्दै गएको हर्पन फेवा मत्यस सहकारीका अध्यक्ष ज्ञानबहादुर जालरीले बताए ।
देख्दा देख्दै ५० प्रतिशत भन्दा बढी ताल पुरिएकोमा पनि उनले चिन्ता व्यक्त गरे । वडा प्रहरी कार्यालय बैदामका प्रमुख सन्तोष निरौलाले प्राकृतिक स्रोतको संरक्षण्मा सबै हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।
आयोजक संस्था राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल, सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले संकटमा पर्दै गएका पोखराका सिमसार संरक्षणकालागि सबैलाई ध्यान आकर्षण गर्न फोटो प्रदर्शनीका आयोजना गरिएको बताए ।
सिमसार लगायत सबै प्राकृतिक स्रोत संरक्षणकालागि आगामी दिनमा पनि निरन्ता दिने पनि उनले बताए । सिमसार संरक्षण फोटो प्रदर्शनीको विभिन्न विद्यालयका विद्याथी, आमा समूह, पोखरा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटक लगायतले अवलोकन गरेका थिए ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

