नक्कली भारतीय नोटसहित सर्लाहीमा एक जना पक्राउ

सर्लाही | माघ २०, २०८१

नक्कली भारतीय नोटसहित सर्लाहीमा एक जना पक्राउ

सर्लाही:    प्रहरीले नक्कली भारतीय नोटसहित सर्लाहीबाट एक जनालाई पक्राउ गरेको छ।


पक्राउ पर्नेमा भारत सीतामढी पुरान्दा राजवाडा–९ बस्ने २७ वर्षीय मुकेशकुमार सोनी रहेका छन्। उनलाई शनिबार साँझ ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।


उनको साथबाट भारतीय ५ सय दरको १ थान र १ सय दरका २९ थान नक्कली नोट बरामद भएको छ।


सोही ठाउँस्थित किराना पसलमा कुमारले सामान किनेपश्चात नक्कली नोट दिएको भन्ने खबर प्रहरीमा पुगेको थियो।


अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको थियो । प्रहरीले उनले प्रयोग गरेको बिआर ३० एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

पोखरा:  इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रालिले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ। पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले रिबन काटेर ...

थप पढ्नुहोस्

कञ्चनपुर:   गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्...

थप पढ्नुहोस्

कैलाली:   गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् ।  मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, प...

थप पढ्नुहोस्