पोखरा–१३ मा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु
पाेखरा | माघ १३, २०८१
पोखरा: पोखरा–१३ माछापोखरी फुटबल मैदानमा लोक कवि अलि मियाँको स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ ।
पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएको उद्याटन खेलमा ट्रिकर एफसी काहुँखोलाले जितेको छ । नेपाल मुस्लिम युथ समितिको सी टिमलाई ६–० गोलअन्तरले पराजित गदैँ ट्रिकरले खेल जितेको हो ।
यस्तै आजै भएको दोस्रो खेलमा एलसी ब्रदर्श लामाचौरले मिक्की एफसी रामबजारलाई २–१ को अन्तरमा जित निकाल्यो ।
प्रतियोगिता अन्तरगत सोमबार सात खेल हुने आयोजक समितिका सरशुल हकले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म चल्ने छ ।
म्याग्दी: कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । ...
काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

