पोखरा १२ मा नि:शुल्क स्वास्थ्य शिविर, ५८ जनाले लिए सेवा
पाेखरा | माघ १३, २०८१
पोखरा: पोखरा महानगरपालिका वडा नं १२ मा नि:शुल्क प्रजनन् स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रम भएको छ ।
नेपाल परिवार नियोजन संघ कास्कीले पोखरा महानगरपालिका वडा नं १२ वडा कार्यालयको सहयोगममा कार्यक्रम गरेको हो । कार्यक्रमबाट शनिवार ५८ जना लाभान्वित भएका छन् ।
एक सातासम्म वडा कार्यालयको सिफारिसमा संघको कार्यालयमा सम्पर्कमा आउनेलाई सेवा प्रदान गरिने छ ।
कार्यक्रमक उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले हरेक नागरिक आफ्नो स्वास्थ्य बारे सचेत हुनुपर्ने बताए । उनले काम गर्नका लागि दृढ इच्छा शक्ति आवश्यक भएको उल्लेख गरे ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सरकारी तथा गैर सरकारी संस्थासँग सहकार्य गर्दै संघ अघि बढ्न चाहेको उल्लेख गरे ।
उनले वडा अध्यक्ष बास्तोलाले नागरिकप्रतिको स्वास्थ्यमा गम्भिरता देखाएका कारण नै पोखरा १२ मा कार्यक्रमका गरिएको जानकारी दिए ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १२ का वडा सदस्य शान्ति कोइराला, नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी र स्त्री रोग विशेषज्ञ डा कालिका भण्डारी लगायतले बोलेका थिए ।
म्याग्दी: कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । ...
काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

