प्रहरीका १८ जना एसएसपीको सरुवा
काठमाडाैं | माघ १२, २०८१
काठमाडौं: नेपाल प्रहरीका १८ जना प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले शुक्रवार एसएसपी सरुवा गर्ने निर्णय गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा विश्व अधिकारीलाई ल्याइएको छ । उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । काठमाडौँमा कार्यरत वसन्त रजौरेलाई प्रधान कार्यालय स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा सरुवा गरिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा रमेश बस्नेतलाई सरुवा गरिएको छ । उपत्यका कार्यालयका सानुराम भट्टराईलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।
एसएसपी ओम राना अख्तियार, गङ्गा पन्त कर्णाली प्रदेश, दीपक बस्नेत नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्ज, दीपक रेग्मी भैरहवा विमानस्थल र दीपेन्द्र घर्ती क्षेत्री मानव बेचबिखन ब्युरोमा सरुवा भएका छन् ।
नान्तीराज गुरुङलाई कर्णाली प्रदेश तालिम केन्द्र नेपालगन्जमा सरुवा गरिएको छ । भरतपुर तालिम केन्द्रमा भूपेन्द्र खत्री, लुम्बिनी प्रदेश तामिल केन्द्र बुटवलमा माधव प्रसाद श्रेष्ठ र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरेको सरुवा भएको छ ।
उपत्यका प्रहरी कार्यालयमा यसअघि काजमा गएका शेखर खनाल र ललितपुर प्रहरी प्रमुखमा श्यामकृष्ण अधिकारीको दरबन्दी कायम गरिएको छ । नयाँ दिल्ली स्थित नेपाली राजदूतावासमा सञ्जीव शर्मा र लागु औषध नियन्त्रण ब्युरोमा सुदर्शन प्रसाद कोइरालालाई सरुवा गरिएको छ ।
काठमाडौं: डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम तिरे...
म्याग्दी: कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । ...
काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...

