पोखरा महानगरको ताला ३ बुँदे सहमतिपछि खुल्यो
पाेखरा | माघ ९, २०८१

पोखरा: पोखरा महानगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला ३ बुँदे सहमतिपछि खुलेको छ।
पोखराका मेयर धनराज आचार्यले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसँग सहमति गरेपछि ताला खुलेको हो। उनीहरूसँग तीनबुँदे सहमति गरिएको छ ।
नेकपा (एमाले)का जनप्रतिनिधिले बहिष्कार गरेपछि मेयर आचार्यले नगर सभाको स्थगन गरेका थिए। त्यसपछि कांग्रेसका जनप्रतिनिधिले सोमबार मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए। बुधबार ताला खुलेपछि मेयर आचार्यले सबै जनप्रतिनिधिलाई धन्यवाद दिएका छन्।
तीनबुँदे सहमतिमा गत मंसीर २३ मा बसेको विशेष नगर सभाले गरेका निर्णय कार्यान्वयन गर्ने उल्लेख छ। त्यस्तै, नगर सभा माघ ११ गते बोलाउने र योजनाको रकम रकमान्तर र शीर्षकान्तर गर्ने व्यवस्था मिलाउने सहमति भएको छ।
वडा कार्यालय, महाशाखा र शाखामा विनियोजित बजेट शीर्षकान्तर र रकमान्तर नहुँदा कार्यान्वयन गर्न समस्या भएको जनप्रतिनिधिको गुनासो थियो।
कांग्रेसका तर्फबाट पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको नेतृत्वमा तालाबन्दी गरिएको थियो।
तनहुँ: तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकक...
काठमाडौं: नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरस्थित एक होटलमा बस्नेछ । बैठकमा यही असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे छलफल हुने ...
काठमाडौं: ओमानमा जारी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेको छ। यो जितसँगै नेपालले सुपर–६ मा प्रवेश गर्ने...