सुनचाँदीको मूल्य बढ्यो

काठमाडाैं | माघ ८, २०८१

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं:    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार एक सयले बढेको छ ।


सोमबार प्रतितोला रु एक लाख ५७ हजारमा खरिदबिक्री भएको प्रतितोला सुन आज रु एक लाख ५८ हजार एक सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


आज चाँदी प्रतितोला रु १५ बढेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ६० मा खरिदबिक्री भएकामा आज रु एक हजार आठ सय ७५ मा किनबेच भइरहेको छ ।


अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २४ दशमलव ५६ अमेरिकी डलर बढेर दुई हजार सात सय २७ दशमलव ७६ अमेरिकी डलर कायम भएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्