पोखरा महोत्सवमा रचना रिमालको प्रस्तुतीमा झुमे पोखरेली

पाेखरा | माघ ६, २०८१

पोखरा महोत्सवमा रचना रिमालको प्रस्तुतीमा झुमे पोखरेली

पोखरा:     पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा रचना रिमालको प्रस्तुतीमा पाखरेलीहरुले भरपुर मनोरन्जन लिएका छन । महोत्सवको ११ औं दिनमा रचना रिमालको सुगम संगीत प्रस्तुतीमा युवाहरु झुमेका हुन ।


रचनाले उनको प्रीति, फोटो फिरिममा, मिनरल वाटर, चाहान्छु, तिमि त पोखरेली, ढुंगेधारा लगायत एक दर्जन बढी गीत प्रस्तुती मार्फत दर्शकहरुलाई नचाएका थिए । त्यसैगरी सांझको लाइभ कन्सर्ट तर्फ पूर्ण राई एण्ड दाजुभाईको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।


महोत्सव समापनको संघारमा आइपुग्दा महोत्सवमा दर्शकको चाप वढ्दै गएको छ । महोत्सवमा दर्शकको चाप संगै महोत्सवमा राखिएको स्टलमा समेत ब्यापार वढ्दो मात्रामा रहेको महोत्सव अर्थ तथा स्टल ब्यवस्थापन उपसमिती संयोजक जयराम आचार्यले जानकारी दिए ।


महोत्सवको अन्तिम दिन लोकदोहोरी तर्फ चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाका अनुसार सांझको लाइभ कन्सर्ट तर्फ जेम्सीको प्रस्तुती रहने छ ।


महोत्सवमा आयोजित विद्यालय स्तरिय प्रतियोगिताको समेत सोमबार फाइनल प्रतिस्पर्धा हुने छ  । फाइनलमा सेन्ट मेरिज, कास्की मोडनाइज्ड, बेसलाइन एकेडेमी, बिभुती र सरस्वती विद्या सदन लामाचौर बीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।


महोत्सवको सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा अपराह्न्न ३ बजे विशेष समारोहका बीच समापन गरिने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्