आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ: अभिनेत्री रीमा विश्वकर्मा
पाेखरा | माघ ५, २०८१

पोखरा: मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टहरुको प्रमुख स्टोर पोखरामा सुरु भएको छ । शनिबार अभिनेत्री रीमा विश्वकर्माले कुमारी ब्युटीको पोखरा स्टोर्सको औपचारिक उद्घाटन गरिन् ।
सन् २०२१ बाट सुरु भएको कुमारी ब्युटीले ४० प्रकारका प्राकृतिक तथा हस्तनिर्मित सौन्दर्यसम्बन्धी प्रडक्टहरु उत्पादन गरेको सञ्चालक भट्टराईले बताइन् । ‘हामीसँग बाथबम्ब्स्, कस्मेटिक्स, साबुन, मैनबत्ती लगायत सौन्दर्यसम्बन्धी सामाग्रीहरु छन्, यो प्राकृतिक, हस्तनिर्मित र छालामैत्री पनि छ,’ भट्टराईले भनिन् ।
कार्यक्रममा अभिनेत्री रीमा कुमारी ब्युटीकै मेकअपमा सजिएर आएकी थिइन् । संचारकर्मीसँग कुराकानीका क्रममा उनले सुरुमै ठट्यौली शैलीमा सोधेकी थिइन्, ‘म कस्ती देखिएकी छु ?’ सौन्दर्यसम्बन्धी प्रडक्ट प्रयोग गर्दा त्यसबारे ज्ञान हुन एकदमै जरुरी रहने उनको भनाई थियो । ‘म प्राकृतिक पदार्थ भएको प्रडक्ट प्रयोग गर्न रुचाउँछु,’ उनले भनिन्, ‘कुमारी ब्यूटीको प्रडक्टमा मैले त्यो पाएँ । जहिल्यै पनि नयाँ प्रडक्ट प्रयोग गर्दा एलर्जी आउने या छालामा समस्या देखाउने हो कि भन्ने डर हुन्छ तर यसमा त्यस्तो भएन । मेरो स्कीनलाई यो उपयुक्त रहेछ । ’
मान्छेको सौन्दर्य कहिल्यै पनि उसको नियन्त्रणमा नहुने रीमाको तर्क थियो । ‘सौन्दर्य भन्ने चिज जति नै प्रयत्न गरेपनि यो हाम्रो नियन्त्रणमा रहिरहँदैन,’ उनले भनिन्, ‘तर, आफूलाई कसरी सुन्दर महसुस गराउने भन्ने प्रक्रियामा हामी केन्द्रित हुनचाँही सक्छौं ।
त्यसका लागि आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना हुन एकदमै जरुरी हुन्छ । कुमारी ब्युटीको प्रडक्ट उत्पादन गर्दा शोभाजीले आफ्नो बुद्धिमता र मन दुवै लगाउनुभएको रहेछ । आफूले के प्रयोग गरिरहेको छु भन्ने कुराको ज्ञान राख्न रुचाउने मान्छेहरुलाई कुमारी ब्युटीको प्रडक्ट मनपर्न सक्छ । ’क्यानाडामा उत्पादन हुने कुमारी ब्युटीका प्रडक्टहरुले पोखराका बाराही चोकमा स्टोर खोलेर देशभरी सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बु...
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...