आइएसएमटी कलेज पोखरामा शुक्रबार ‘वीन्टर कार्भिनल’ हुँदैं
पाेखरा | पुस २९, २०८१
पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित आइएसएमटी कलेज पोखरामा आगामी शुक्रबार ‘आइएसएमटी वीन्टर कार्भिनल’ हुने भएको छ ।
आइएसएमटी कलेज पोखरामा अप्रेसन म्यानेजर शिव पौडलले विद्यार्थीहरुलाई अध्यापनसँगै मनोरञ्जन पनि दिने उद्धेश्यले आइएसएमटी विन्टर कार्भिनलको आयोजना गरिएको जानकारी दिए ।
उनका अनुसार कार्भिनलमा परिवर्तन ब्याण्डले सांगीतिक प्रस्तुती दिनेछन् । साथै, कलेजमा अध्ययनरत विद्यार्थीहरुले पनि सांगीतिक प्रस्तुती राख्नेछन् । उक्त कलेजले समय समयमा विभिन्न खालका गतिविधि तथा सामाजिक कार्यहरु गर्दै आएको छ ।
नयाँ गाउँस्थित आइएसएमटी कलेज पोखरामा बिबिए (बिजनेस)सम्बन्धमा बिएचएम, बिएस्सी आइटी, (सिएसई), बिएस्सी (एचओएनएस),साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक र एमबिए लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
आइएसएमटी ग्रुपले पोखरासँगै ,काठमाडौं, चितवन, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सन्डरल्याण्डकै सम्बन्धनमा कलेज सञ्चालन गरी बिबीए (बिजनेस एन्ड म्यानेजमेन्ट), बिएचएम, बिएस्सी, आइटी, आइटी (सिएसई), बिएस्सी (एचओएनएस), साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक र एमबिए लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
म्याग्दी: कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । ...
काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

