पोखरा आएर प्रदीपले भने,‘प्रकाश समाजको यथार्थपरक कथा’
पाेखरा | साउन १२, २०७९
पोखरा : नेपाली चलचित्र प्रकाश समाजको यथार्थप्रदक कथा भएका नायक प्रदीप खड्काले बताएका छन् । फिल्म प्रोमोशनका लागि पोखरा आएका खड्काले यस्तो बताएका हुन् । बिहिबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खड्काले प्रकाशले आफुलाई कलाकार बनाएको अभिव्यक्ति दिए ।
उनले चलचित्र प्रकाशमा आफु संलग्न हुन पाउँदा खुशी लागेको बताए । ‘चलचित्र प्रकाश समाजको यथार्थ प्रदक कथा हो । यो फिल्ममा मुख्य भूमिकामा आफुले अभिनय गर्न पाउँदा खुशी लागेको छ ।’ उनले चलचित्र जुम्लामा छायाँकन गरिएको भएता पनि नेपालका हरेक ठाउँको समस्यालाई कथामा दर्शाउन खोजिएको बताए ।
चलचित्रलाई सफल बनाउन पोखराले सहयोग गर्नेमा उनी आशावादी देखिन्छन् । चलचित्रमा जुम्लाको गरिब परिवारको एक सदस्यले आफ्नो सपना पुरा गर्न गर्नुपर्ने विविध संघर्षको कथालाई प्रस्तुत गर्न खोजिएको उनले बताए ।
चलचित्रका निर्देशक दिनेश राउतैले ‘प्रसाद’ पश्चात लामो समयको अन्तरालमा ‘प्रकाश’ निर्देशन गरेको जानकारी गराए । आफु राम्रो कथाको खोजीमा रहेको र चाहे जस्तो कथा पाएकाले पनि ‘प्रकाश’ निर्देशनका लागि तयार भएको उनले बताए । समाजको यथार्थप्रदक कथालाई समेत व्यवसायिकीकरण गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
नायिका दिया मास्केले कुनै पनि सक्सेस पुरुषको पछाडि महिलाको हात हुन्छ भन्ने सन्देश आफ्नो भूमिका मार्फत प्रस्तुत गर्न खोजिएको बताइन् । उनले पोखरा आफ्नो घर भएकाले पनि पोखराबाट माया मिल्नेमा आशावादी रहेको बताइन् ।
चलचित्र लेखक विकास सुवेदीले आफु पत्रकारिता क्षेत्र हुँदै चलचित्रमा प्रवेश गरेको बताए । उनले पत्रकारिता गर्दा समाजमा थुप्रै समस्या देखेको र सोहि समस्यालाई लिएर चलचित्रमा उतारिएको जानकारी गराए । उनले चलचित्र एक गरिब परिवारमा जन्मेको व्यक्तिले शिक्षक बन्न गर्नुपरेको संघर्षलाई चलचित्रम
, प्रस्तुत गर्न खोजिएको बताए ।
उनले ‘प्रकाश’ सबैको कथा भएको उल्लेख गरे । जीवन संघर्षको पहाड भएको विषयलाई समेत चलचित्रले प्रष्ट पार्न खोजेको तर्क उनको छ । २ करोडमा चलचित्रको निर्माण भएको जानकारी उनले गराए । चलचित्रमा प्रकाश घिमिरे, राजन खतिवडा लगायतको कलाकारको अभिनय रहेको छ । भदौ १० बाट प्रदर्शनमा आउने चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । चलचित्र बिनिस इन्टरटेन्मेन्ट ब्यानरमा निर्माण भएको हो ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

