पोखरा मोटो– ईन्डुरो क्रस च्याम्यिपयनसीपको उपाधि नदिने जगत र सोनिक पक्राउ
पाेखरा | पुस २२, २०८१
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी सम्बन्धी मुद्धामा २ जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीपको उपाधि नदिएर ठगी गरेको आरोपमा आइतबार २ जनालाई पक्राउ गरेको हो ।
पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीपका सञ्चालक तथा निर्देशक अछाम घर भई पोखरा ६ जरेबर बस्ने ३१ वर्षीय जगत डोली र पोखरा राईडर्स क्लबका अध्यक्ष पोखरा प्रस्याङ बस्ने २९ वर्षीय सोनिक क्षेत्रीलाई ठगी सम्बन्धी कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरुले पोहोर चैत २३ र २४ गते पोखरा राईडर्सको आयोजनामा पोखरा–२३ बाम्दीमा पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीप २०८१ सञ्चालन गरेर प्रतियोगीबाट दर्ता शुल्क बापत १७ हजार लिएर विजेता हुने खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार घोषणा गरेपनि आयोजक पुरस्कार रकम नदिइ सम्पर्क विहिन भएको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट ठगी सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

