कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि चलाए गोली

बाँके | पुस १३, २०८१

कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि चलाए गोली

कञ्चनपुर:     जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् ।

 

टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । 

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाजोशी प्रहरी नायब उपरीक्षक उमेश ले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताए ।

 

'प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ थिए,” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक जोशीले भने, “न्यौपानेको टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए ।”

 

उनका अनुसार घाइते भएको जानकारी पाइएपछि उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पु¥याइएको थियो । 

 

त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर पु¥याइएको छ ।

 

न्यौपानेले के कति कारणले गोली चलाएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीको भनाइ रहेको छ । 

झापा:   भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मङ्गलबार साँझ जिल्ला प्रहरी क...

थप पढ्नुहोस्

काठमाडौं:   रसुवामा आज गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । आज राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ  । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्...

थप पढ्नुहोस्

पोखरा:  प्रदेश सरकारले गुरुङ र मगर भाषालाई समेत सरकारी कामकाजको भाषा बनाएको छ ।  गण्डकी प्रदेशमा अब नेपालीका साथसाथै गुरुङ र मगर भाषा पनि सरकारी कामकाज हुने छ ।  मङ्गलबारको बैठकबाट ...

थप पढ्नुहोस्