तरकारी बिक्रीबाट दैनिक २ हजार आम्दानी

कैलाली | पुस ११, २०८१

तरकारी बिक्रीबाट दैनिक २ हजार आम्दानी

कैलाली:    जिल्लाको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारीखेतीबाट दैनिक रु २ हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । 


२० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका उहाँले अहिले करिब नौ कठ्ठा जग्गामा व्यावसायिक उत्पादन गरिरहनुभएको हो । उहाँले सबै खर्च कटाएर तरकारीखेतीबाट वार्षिक रु ४ देखि रु ५ लाखसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो ।


रानाले भन्नुभयो, “तरकारी बिक्रीबाट प्रशस्त आम्दानी भइरहेकाले जीविकोपार्जनमा समस्या छैन । सानोतिनो समस्या पर्दा छरछिमेक र आफन्तलाई सहयोग गर्न पाएको छु, आफूले ऋण लिनु परेको छैन । 


८ जनाको परिवारको सबै खर्च बालबच्चाको पढाइलेखाइ यसैबाट चलेको छ ।” उहाँले मौसमी, बेमौसमी सबै किसिमका तरकारी लगाउने गरेको बताउनुभयो ।रानाका अनुसार बिक्री कम हुँदा दैनिक रु १ हजार ५ सयसम्म र बढीमा रु २ हजारसम्म आम्दानी भइरहेको छ । 


उहाँले भन्नुभयो, “तरकारीबाट दैनिक रूपमा आम्दानी लिन सकिने भएकाले जीविकोपार्जन र दैनिक खर्च सहजै टरेको छ । स्थानीयस्तरमा कृषि गरे मात्रै पनि मनग्ये आम्दानी गर्न सकिने मेरो अनुभव छ, मेरो मन्यता जग्गा बाँझो राख्नु हुँदैन भन्ने हो ।” 


मेहनत गर्न सके तरकारीखेतीबाट मनग्ये आम्दानी लिन सकिने उहाँको भनाइ छ ।सोही ठाउँका बन्धु रानाले पनि तरकारीखेतीबाट सहजै जीविकोपार्जन भइरहेको बताउनुभयो । ८ कठ्ठा जग्गामा ३५ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका बन्धुले सबै खर्च कटाएर वार्षिक रु ३ लाखसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो । 


उहाँले भन्नुभयो, “तरकारीखेतीबाट घरखर्च राम्रै चलेको छ, दैनिक खर्चका लागि अरुसँग ऋण माग्नु पर्दैन । दश जनाको परिवारको सबै खर्च यसैबाट भइरहेको छ । दैनिक रु १ हजारदेखि रु १ हजार ५ सयसम्म तरकारी बिक्री हुन्छ ।”


भारतबाट आउने तरकारी सस्तोमा पाइने भएकाले उपभोक्ताले सस्तो मूल्यमा किन्ने भन्दै सोही कारणले बजारीकरणको समस्या रहेको बन्धुले बताउनुभयो । “स्थानीय सरकारले भारतबाट आउने तरकारी रोक्नु पर्छ, यसरी यहाँका स्थानीय मर्कामा परिरहेका छन्”, उहाँले भन्नुभयो । 


समयमा मल पाउन सके तरकारीखेती गर्न अझै सहज हुने उहाँको भनाइ छ ।पछिल्लो समय मटियारीका अधिकांश किसानले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । यहाँका किसानका लागि तरकारीखेती जीविकोपार्जनको राम्रो स्रोत बनेको छ । तरकारीखेतीबाट घरव्यवहार चलाउन सहज भएको किसान बताउँछन् ।

काठमाडौं:  पूर्वसभामुख कृष्णबहादुर महरासँग नाम जोडिएकी संसद् सचिवालयकी पूर्वकर्मचारी रोशनी शाही मृत भेटिएकी छन् । उनी भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गको कोठामै मृत भेटिएकी ...

थप पढ्नुहोस्

काठमाडौं:  समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु छलफलमा जुटनु भएको छ ।   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा जारी ...

थप पढ्नुहोस्

रसुवा: पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ । यही जेठ १३ गतेदेखि सुरू हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् ।   मेला यही जेठ २४ गते एकादश...

थप पढ्नुहोस्