पोखरा महानगरको हर्कत: डाक्टर पढ्न जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई १० लाख छात्रवृत्ति

पाेखरा | पुस ८, २०८१

पोखरा महानगरको हर्कत: डाक्टर पढ्न जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई १० लाख छात्रवृत्ति

पोखरा महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई एमबिबिएस पढ्न छात्रवृत्ति दिइने सम्बन्धि सूचना जारी गरेपछि चौतर्फी विरोध भएको छ । 

 

महानगरपालिकाले यसअघि सहिदका सन्तालाई एमबिबिएस पढाउन हरेक विद्यार्थीलाई हरेक वर्ष १० लाख विनियोजन गर्दै आएको थियो । 

 

उक्त रकम जनआन्दोलनका पहिलो सहिद भिमसेन दाहालका छोरालाई उपलब्ध भएको थियो । सोही क्रममा उक्त रकम मणिपालको खाताला गएको देखेपनि महालेखाले बेरुजु देखाएको थियो । 

 

त्यसपछि कार्यविधि संशोधन गर्दा सहिदका छोराछोरीसँगै जनप्रतिनिधि र कर्मचारीका सन्तानले पाउने व्यवस्था थपेको थियो । 

 

सोही व्यवस्थालाई टेकेर महानगरको छात्रवृत्ति समितिको २ पुसको बैठकले कर्मचारी र जनप्रतिनिधिका एमबिबिएस पढ्ने छोराछोरीको विवरण पेस गर्न सूचना निकाल्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम ४ पुसमा सूचना निकालेको थियो । 

 

अहिले उक्त कार्यको विरोध हुन सुरु भएको छ ।

 

के भन्छन्, जनप्रतिनिधि​ ?

 

‘शिक्षा र अवसर सबैका लागि समान हुनुपर्छ । डाक्टर पढ्ने सुविधा केवल जनप्रतिनिधि र सरकारी कर्मचारीहरूको छोरा–छोरीको लागि सीमित गरिएको छ भने, यसले समानताको सिद्धान्तको ठाडो उल्लङ्घन गर्न सक्छ ।, पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले फेसबुकमा लेखेका छन्, ‘यस किसिमको नीतिले समाजमा असमानता र अन्यायको भावना सिर्जना गर्न सक्छ जसले महानगरपालिकाको छवि र विश्वसनीयतामा नकारात्मक प्रभाव पार्न सक्छ ।’

 

उनले समानताको सिद्धान्तको उल्लंघन गर्न नहुने भन्दै भनेका छन्, ‘यदि यस्तो नीति जारी रहन्छ भने, जनतामा अविश्वास र असन्तोष फैलिन सक्छ, जसले शासकीय निकायसँगको सम्बन्धमा समस्या उत्पन्न गर्न सक्छ । यस्ता निर्णयहरूले समाजमा विभाजनको वातावरण सिर्जना गर्न सक्छ ।

 

तसर्थ, यस निर्णयलाई पुन: विचार गरी, सबैका लागि समान अवसर सुनिश्चित गर्ने नीति लागू गर्न आवश्यक छ । यसले समाजमा विश्वास र समर्पणको वातावरण सिर्जना गर्नेछ र शिक्षा प्रणालीमा समावेशीपन र न्यायको सिद्धान्तलाई प्रोत्साहन दिनेछ ।

समान अवसर र न्यायको आधारमा बनाइएका नीतिहरूले केवल सरकारको छवि सुधार गर्छ तर, सबै नागरिकका लागि समृद्धि र समान अवसरको सुनिश्चितता पनि गर्दछ ।’


 

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्