इक्यान कास्कीमा ओमप्रकाश गैरे, सचिवमा सुरेन्द्र बराल चयन
पाेखरा | पुस २, २०८१

पोखरा: नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीमा नयाँ नेतृत्व चयन भएकाे छ ।
शाखाको १३ औँ साधारण सभा तथा सातौं अधिवेशनबाट ओमप्रकाश गैरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
इक्यानको सातौं अधिवेशनबाट पदाधिकारीसहित ८ जनाको नयाँ नेतृत्व चयन भएको संघका सचिव सुरेन्द्र बरालले जानकारी दिए ।
अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर शाही (सन्तोष) पुन: दोहोरिए । यस्तै सचिवमा सुरेन्द्र बराल, कोषाध्यक्षमा देवबहादुर क्षेत्री निर्वाचित भए ।
उपाध्यक्ष बाहेकका पदाधिकारीका लागि सहमति नभएपछि मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएको उपाध्यक्ष धनबहादुर शाहीले बताए ।
अध्यक्षमा विश्वकल्याण अधिकारीलाई पराजित गदै गैरे निर्वाचित भएका हुन् । सचिवमा गणेश कार्कीलाई पराजित गदैँ बराल निर्वाचित भएका हुन् । भने, कोषाध्यक्षमा रुद्र गिरीलाई पराजित गदैँ क्षेत्री निर्वाचित भए ।
यस्तै सदस्यहरुमा डम्बरबहादुर जिसी, विक्रम बहादुर बस्नेत, राजन पन्थी र टंकराज बराल सर्वसम्वत चयन भए । निर्वतमान अध्यक्ष कार्यसमितिमा स्वत: चयन हुने व्यवस्था अनुसार रमेशकुमार थापासहित ९ सदस्यीस नयाँ समिति बनेको छ । निर्वाचित नयाँ समितिको कार्यकाल दुइ वर्षको हुनेछ ।
इक्यानले संघको अधिवेशनका लागि पुष्पराज भट्टराईलाई प्रतिनिधि खटाएको थियो ।
इक्यानका अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इक्यानका पूर्वअध्यक्ष विष्णुहरी पाण्डे, इक्यान उपाध्यक्ष भुवन क्षेत्री, इक्यान कास्कीका पूर्वअध्यक्ष इवेन्द्रराज तिवारी र सल्लाहकार महेश पौडेलले बोलेका थिए ।
साधारण सभाले सचिवको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गणेशबहादुर कार्कीको आर्थिक प्रतिवेदन पास गरेको छ । संघमा ५० संस्था आवद्ध छन् ।
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’को समूह विजेता बनेको नेपालले समूह ‘ए&rsq...
कैलाली: कैलालीमा एक युवकको हत्या भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका– ८ जरैमा गए राती साथीसाथीबीच विवाद हुँदा २८ वर्षीय केशर बहादुर बुढाको घाँटी रेटेर हत्या भएको हो । सँगै बसेर मदिरा सेवन ग...
डोटी: डोटीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् । अछामबाट धनगढीतर्फ गइरहेको सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्गको जोरायल गाउँपालि...