गोगन माध्यमिक विद्यालयमा परियारको संयोजकत्वमा भुपु.विद्यार्थी मञ्चको तदर्थ समिति

पाेखरा | मंसिर ३०, २०८१

गोगन माध्यमिक विद्यालयमा परियारको संयोजकत्वमा भुपु.विद्यार्थी मञ्चको तदर्थ समिति

पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालय पूर्व विद्यार्थी मिलन कार्यक्रम अन्तर्गत आज सम्पन्न भेलाले किसान परियारको संयोजकत्वमा गोगन मा.वि.भुपु विद्यार्थी मञ्चको तदर्थ समिति गठन गरिएको छ ।
    

मञ्चको सह संयोजकमा रेशम रानाभाट, सचिवमा बिनोद भण्डारी, सहसचिवमा भावना पौडेल, कोषाध्यक्षमा एलिसा केसी रहनुभएको छ । मञ्चका सदस्यहरूमा किर्तीराज खनाल, अजय घिमिरे, दिपक पौडेल, विश्वर्र्ण बस्नेत हुनुहुन्छ ।
    

यस अघि कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले शैक्षिक गुणस्तरीयतामा जोड दिनुपर्ने बताउँदै विद्यालयको सर्वाङ्गिण विकासमा पूर्व विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
    

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले विद्यालयको समग्र अवस्थाबारे प्रकाश पार्नुुभएको थियो । विद्यालयको समग्र उन्नयनका लागि भुपुु विद्यार्थीहरूसँग सहकार्य गर्दै अघि बढ्ने उहाँले बताउनुभयो । 
    

किसान परियारको अध्यक्षता एवम् विद्यालयका प्रधानाध्यापक मोहनराज बरालद्वारा सञ्चालित कार्यक्रममा स्वागत संयोजक हरिश्चन्द्र अधिकारीले गर्नुभएको थियो ।
    

नवगठित मञ्चका संयोजक परियारले मञ्चको विधान निर्माण गरी तत्कालै सम्बन्धित निकायमा दर्ता प्रक्रिया अघि बढाउने र विभिन्न क्षेत्रमा रहेका भुपु विद्यार्थीलाई पहिचान गरी विद्यालय र उनीहरूबीच समन्वय गर्दै अघि बढीने बताउनुभयो ।

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्