महिला अधिकार स्थापनामा मङ्गलादेवी सिंहको योगदान अतुलनीय छ : उपप्रधानमन्त्री सिंह

काठमाडाैं | मंसिर २५, २०८१

महिला अधिकार स्थापनामा मङ्गलादेवी सिंहको योगदान अतुलनीय छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं:    उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले महिला अधिकार स्थापनामा स्वर्गीय मङ्गलादेवी सिंहको योगदान अतुलनीय रहेको बताउनुभएको छ  ।


नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको १००औँ जन्मजयन्तीका अवसरमा नेपाल महिला सङ्घ काठमाडौँले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मङ्गलादेवी सिंहको योगदान अतुलनीय रहेको बताउनुभएको हो ।

    
उपप्रधानमन्त्री सिंहले राणाकालमा महिलालाई मताधिकार, महिलाका लागि शिक्षा, पैतृक सम्पत्ति माथिको हकअधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मङ्गलादेवीले गरेको सङ्घर्षले हालको उपलब्धि हासिल भएको बताउनुभयो । 


“वर्तमान संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवी सिंहकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि हो,” उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।


उहाँले संविधानमा प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकासमा अघि बढ्नुपर्ने बताउनुभयो । महिलाको हक, अधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला सङ्घ स्थापना गरिएको थियो । 

काठमाडौं:  नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ ला...

थप पढ्नुहोस्

झापा:   झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ। स्थानीयवासीले आज बिहान राइफल फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा ग...

थप पढ्नुहोस्

काठमाडौं:  आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’को समूह विजेता बनेको नेपालले समूह ‘ए&rsq...

थप पढ्नुहोस्