कास्की जिल्ला फुटबल संघ सेमिफाइनलमा प्रवेश
पाेखरा | मंसिर २४, २०८१

पोखरा: लेखनाथको भण्डारढिकमा जारी २५ औं आदर्श कप फुटबल प्रतियोगितामा कास्की जिल्ला फुटबल संघ विजयी भएको छ । आदर्श युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा स्याङजा जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गरेको हो । कास्कीको जितमा मुकुन्द निउरे र अनिष तामाङले गोल गरेका थिए ।
खेलको पहिलो हाफको अन्तिम समयमा कास्की–११ का मुकुन्द निउरेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने सेकेण्ड हाफको ७६ औं मिनेटमा पुन कास्की कै अनिस तामाङले दोश्रो गोल थप्दै टोलिको जित सुनिश्चित गरेका हुन ।
यसपछि अब कास्की फुटवल संघले सेमिफाइनलमा उद्घाटन खेलमा बिजयी भएको आयोजक आदर्श युवा क्लवको टिम सँग प्रतिष्पर्धा गर्नेछ । मंगलवार सेमिफाइनल चरणको अन्तिम खेल नेपाल प्रहरी र एन्फा गोरखाका बिच हुने आयोजक सस्था आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिएका छन् ।
प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।
निरन्तरता हाम्रो प्रतिवद्धता,फुटबल खेलको विकास हाम्रो दृढता भन्ने मुल नाराका साथ आदर्श युवा क्लबले मंसिर २२ देखी २९ गतेसम्म गर्न लागेको प्रतियोगिताको मुख्य प्रायोजकक शौर्य सिमेन्ट रहेको छ ।
विभागीय टिम सशस्त्र प्रहरी बल गण्डकी मुख्यालयले अर्को विभागीय टोली नेपाल आर्मी सिद्धिदल गण पश्चिम पृतनालाई ३–१ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
आईतबार भएको खेलमा सशस्त्रका नवराज मगरले २५ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको पहिलो हाफ सकिदासम्म पनि आर्मिले कुनै गोल फर्काउन सकेन । दाश्रो हाफपछि ६५ औ मिनेटमा रन्जित चौधरीले दोस्रो गोल थपेका थिए ।
शसस्त्रले लगातार २ गोल गरेपछि गोल गर्नैपर्ने दवावमा खेलीरहकोे आर्मीले थुप्रै प्रयास गर्दा पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । खेलको अन्तिम समयमा ७०औं मिनेटमा पुन सशस्त्रकै प्रविन तेस्रो गोल गर्दै टोलकिो जित शुनिश्चित गरेको थियो ।
निर्धारित समयमा कुनै पनि गोल गर्न नसकेको आर्मीले अन्तीम समयमा थपिएको ३ मिनेटको अतिरिक्त समयमा गोल गर्न सफल भएको थियो । आर्मीका मदन लिम्वुले सान्त्वना गोल फर्काएका थिए ।
आईतवारको खेलको म्यान अफ दी म्याचको उपाधी सशस्त्रका प्रविन स्याङतानले प्राप्त गरेका छन् । सोमबार हुने खेलमा कास्की ११ र एन्फा स्याङजा् होराईजन टिम विच प्रतिष्पर्धा हुनेछ ।
यसै बिच दोस्रो दिनको खेल हेर्न पुगेका गण्डकी प्रदेशका पुर्व सासंद दिपक कोईरालाले खेलले अनुशासनको शिक्षा दिनुको साथै स्थानिय स्तरमा गरिने खेलकुद प्रतियागिताले नयाँ नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने भएकाले यस क्षेत्रको खेलकुदको विकासका लागि लेखनाथ खेलमैदानलाई पोखराकै वैकल्पीक रंगशालाको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
निरन्तरता हाम्रो प्रतिवद्धता,फुटबल खेलको विकास हाम्रो दृढता भन्ने मुल नाराका साथ आदर्श युवा क्लबको आयोजनामा मंसिर २२ देखी आयोजित प्रतियोगिताको विजेता टिमले नगद ४ लाख २५ हजार पाँच सय २५ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २५ हजार पाँचसय २५ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
पोखरा: गण्डकी प्रदेशका सांसद एवम् पूर्व भौतिक मन्त्री रेशमबहादुर जुग्जालीले बजेट पुस्तिका च्यातेका छन् । सोमबार भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथि छलफलका क्रममा प्रदेश सभाको रोष्टममा जुग्जालीले ...
पोखरा: कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४८ करोड ५५ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले आइतबार गाउँसभामा बजेट तथा कार्...
तनहुँ: नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशको अध्यक्षमा खड्क आलेमगर सर्वसम्मत निर्वाचित भएका छन् । तनहुँको भिमाद नगरपालिका–६, मालेबगरस्थित गणेश एकेडेमीमा शनिबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनब...