एन प्याव्सनको सडक दौडमा छात्र तर्फ दुतमान र छात्रा तर्फ कविता प्रथम

पाेखरा | मंसिर २२, २०८१

एन प्याव्सनको सडक दौडमा छात्र तर्फ दुतमान र छात्रा तर्फ कविता प्रथम

पोखरा: एन प्याव्सन कास्कीले आयोजना गरेको ५ किमि सडक दौडमा छात्र तर्फ सिद्धार्थ लवडेल वोर्डिङ स्कुलका दुतमान गुरुङ र छात्रा तर्फ त्रिवेणी पब्लिक सेकेण्डरी स्कुलकी कविता घर्ती क्षेत्रीले उपाधि जितेका छन् । 

५ किमिको सडक दौड गुरुङले २० मिनेट ५६.०८ र घर्तीले २८ मिनेट ५५.५५ सेकेण्डको समयमा पुरा गरेका थिए ।


यस्तै छात्र तर्फ अक्सोफोर्ड स्कुलका इश्वर ढकाल (२१ मिनेट ०३.०९ सेकेण्ड) दोस्रा, न्यू लेखनाथ पब्लिक स्कुलका अजय कार्की (२१ मिनेट ४५ सेकेण्ड) तेस्रा, ज्ञानज्योति विद्याकुञ्ज माविका सक्क्षम भुजेल (२२ मिनेट १८.०४ सकेण्ड) चौथो र फेवा वोर्डिङ स्कुलका जोगबहादुर गुरुङ (२२ मिनेट ५३.४३ सकेण्ड) पाँचौ भए ।


त्यस्तै छात्रा तर्फ कास्की मोडनाईज्ड एकेडेमीकी सितल भण्डारी (२९ मिनेट.०१.७८ सकेण्ड) दोस्रा, ज्ञानज्योति विद्याकुञ्ज माविकी ओम माया गुरुङ (३० मिनेट ०९.४९ सेकेण्ड) तेस्रा, लेभन रेसिडेन्सियलकी युकिना भारी (३० मिनेट १६.२० सेकेण्ड) चौथा र अल्फा एकेडेमीकी कृष्ण तिवारी (३२ मिनेट २७.०५ सकेण्ड) पाचौ भइन् ।


त्यसैगरी शिक्षक शिक्षिक तर्फ भएको ५ किमि सडक दौडमा शिक्षक तर्फ हेम्जा वोर्डिङ स्कुलका धिरन घर्तीमगर (२४ मिनेट ०४ सेकेण्ड) प्रथम, त्रिवेणी पब्लिक सेकेण्डरी स्कुलका विवेक श्रेष्ठ (२४ मिनेट ३१ सेकेण्ड) दोस्रा, लिटिल फ्लावर एजुकेशन एकेडेमीका शंकरप्रसाद शाहा (२५ मिनेट ४०.३५ सकेण्ड) तेस्रा भए ।


त्यस्तै शिक्षिका तर्फ अल्फा एकेडेमीकी रेश्मा गुरुङ (३५ मिनेट ४८.०४ सेकेण्ड) प्रथम, हेम्जा वोर्डिङ स्कुलकी प्रतिक्षा सुवेदी (३६ सेकेण्ड २३.४६ सेकेण्ड) दोस्रा र कान्तिपुर एकेडेमीकी दिक्क्षा शाही (३६ मिनेट ३३.८० सेकेण्ड) तेस्रा भए ।


सडक दौड कार्यक्रममा पोखरा महानगर पालिका खेलकुद विकास समिति अध्यक्ष दिपक गोदार जिल्ला ट्राफिक कार्यालय कास्कीकी प्रमुख ट्राफिक प्रहरी निरीक्षक शोभा पाण्डे र एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।


सडक दौड पोखरा रंगशालाबाट शुरु भइ पृथ्वीचोक, सभागृह, न्यूरोड, चिप्लेढु·ा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुदै रंगशालामा आएर समापन भएको कार्यक्रम संयोजक केशवशरण पौडेलले जानकारी दिनुभयो । विजेतालाई समापनका दिन पुरस्कार प्रदान गरिने छ ।


शनिबार नै भएको छात्र फुटबल तर्फ सनराइज प्रिप्याराटोरीले डायमण्ड मोडेल स्कुललाई १–० ले पराजित गर्दा सिद्धिविनायक वोर्डिङ स्कुलले अल्फा एकेडेमीलाई ३–० ले पराजित ग¥यो ।


युनिभर्स इंगलिस वोर्डिङ स्कुलले वागमारा एकेडेमी गार्डनलाई ३–० ले पराजित गर्दा नेशनल क्रियशन एकेडेमीले हिल साइड इंगलिस सकेण्डरी स्कुललाई ७–० ले पराजित ग¥यो ।


त्यस्तै फेवा वोर्डिङ स्कुल श्री रत्नज्योति माविलाई ३–० ले पराजित गर्दा साइनिङ स्टार वोर्डिङ स्कुलले अञ्जुली वोर्डिङ स्कुललाई ३–१ ले पराजित ग¥यो । मर्निङ ग्लोरी एकेडेमी स्कुलले चिल्ड्रेन्स एकेडेमीलाई २–१ ले पराजित गरेको फुटबल संयोजक अर्जुनप्रसाद पाण्डेले जानकारी दिनुभयो ।


यसैगरी छात्र तर्फको क्रिकेटमा अल्फा एकेडेमीले श्रीरत्न ज्योति माविलाई ५ विकेटले, चिल्डे«न एकेडेमीले नेशनल क्रियशनलाई ९ विकटले, त्रिवेणी पब्लिक माविले लाभेन रेसिडियन्सल ४४ रनले, न्यू ग्यालेक्सीले वागमारा एकेडेमीलाई ३५ रनले पराजित ग¥यो ।


त्यसैगरी मर्निङ ग्लोरीले एकेडेमीले कान्तिपुरलाई ३ रन, कास्की मोडनाइज्ड एकेडेमीले अञ्जुली वोर्डिङ स्कुललाई ६ विकेट, हेम्जा वोर्डिङ ज्ञान ज्योति विद्याकुञ्ज ५ रनले पराजित ग¥यो । शनिबार भएको पहिलो क्वाटर फाइनल खेल त्रिवेणी पब्लिक सेकेण्डरी स्कुलले अल्फा एकेडेमीलाई ४६ रनले जितेको छ ।


आइतबार चिल्ड्रेन एकेडेमी र न्यू ग्यालेक्सी, मर्निङ ग्लोरी एकेडेमी र लिटिर फ्लावर एकेडेमी, हेम्जा वोर्डिङ स्कुल र कास्की मोडनाइज्ड एकेडेमी बीच क्वाटर फाइनलका गेम हुने क्रिकेट संयोजक रमेशराज पौडेलले जानकारी दिनुभयो ।


त्यस्तै शनिबार भएको छात्र सेभेन ए साइड फुटबल प्रतियोगिता तर्फ कास्की मोडनाइज्ड एकेडेमीले सिद्धिविनायक वोर्डिङ स्कूललाई २–० ले पराजित ग¥यो । त्यस्तै युनिभर्स बोर्डिङ स्कुलले ज्ञानज्योति विद्याकुञ्जलाई टाइबेकर ३–२ ले पराजित गर्दा न्यून लेखनाथ पब्लिक एकेडेमीले वागमार एकेडेमीलाई टाइबेकरमा २–१ ले पराजित ग¥यो ।


नेशनल क्रियशन एकेडेमीले कान्तिपुर एकेडेमीलाई टाइबेकरमा २–१ ले  पराजित गरेको छात्रा सेभन ए साईड फुटबलका संयोजक हिमाल गुरुङले जानकारी दिनुभयो ।


१४ औ नेशल प्याव्सन खेलकुद महोत्सव मंसीर २५ गते औपचारिक उद्घाटन भएपनि अनौपचारिक रुपमा छात्र तर्फ इलाभेन ए साईड फुटबल र क्रिकेट तथा छात्रा तर्फ सेभेन ए साईड फुटल प्रतियोगिता र छात्र छात्र बास्केटल प्रतियोगिता भएको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिनुभयो ।


खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय  खेलाडीविद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) मैदानमा प्रतिस्पर्धाका गर्ने छन् ।


जुनियर तर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुनेछन् भने सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जनाउनेछन् ।


त्यसै गरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन् । चार दिनसम्म सञ्चालनहुने उक्त खेलकुद महोत्सवमा कुल ९ सय २९ जनाविद्यार्थीहरू पुरस्कृत हुने छन् २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७  कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ ।


शिक्षक, शिक्षिका, छात्र, छात्रा ५ कि.मि सडक दौड, पुरुष क्रिकेट, फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, व्याडमिन्टन, ह्याण्डबल, फुटसल, एथलेटिक्स रहेका छन् ।


मंसीर २५ गते औपचारीक रुपमा पोखरा रङ्गशालामा समुद्घाटन गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन संघिय खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने कार्यक्रम रहेको छ ।

पाल्पा:     रामपुर नगरपालिका–५  बेझाड बजारमा इलाका प्रशासन कार्यालय निर्माण भएको छ । चार करोड ५६ लाख ७७ हजार पाँच सय ७१ को लागतमा निर्मित १४ कोठे भवनबाट सेवा प्रवाह प्रारम्भ भएको छ ।&n...

थप पढ्नुहोस्

काठमाडौं:     गत वर्षको ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा भएको छ । यो सम्मान १० जना स्रष्टा र एउटा सङ्गीत प्रतिष्ठानलाई प्रदान गरिने भएको छ । नातिकाजी स्मृति समाजद्वारा आज यहाँ आय...

थप पढ्नुहोस्

पोखरा:    कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सुरु भएको छ ।    चैँपर ल...

थप पढ्नुहोस्