ऋग्वेद जस्ता पूर्वीय वाङ्मयसँग सम्बन्धित ग्रन्थहरु हाम्रा सांस्कृतिक धरोहर हुन्: प्रदेश प्रमुख भट्ट

​ऋग्वेद र हिमालय: दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

पाेखरा | मंसिर २२, २०८१

ऋग्वेद जस्ता पूर्वीय वाङ्मयसँग सम्बन्धित ग्रन्थहरु हाम्रा सांस्कृतिक धरोहर हुन्: प्रदेश प्रमुख भट्ट

​​​​​​​​पोखरा:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ऋग्वेद जस्ता पूर्वीय वाङ्मयसँग सम्बन्धित ग्रन्थहरु केवल परम्परागत धर्मग्रन्थ मात्र नभएर नेपाली समाजका सांस्कृतिक धरोहर रहेको बताउनुभएको छ ।
 

मुक्त फाउण्डेशन पोखरा र गण्डकी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दुई दिवसीय ऋग्वेद र हिमालयः दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको शुभारम्भ गर्दै प्रमुख अतिथि भट्टले ऋग्वेद एवं अन्य पूर्वीय वाङ्मयका सम्बन्धमा वस्तुगत अध्ययनको नयाँ परम्परा स्थापित गर्न यस्ता सम्मेलनले सघाउ पुग्ने बताए ।
 

संस्कृति र पर्यटन मूल मन्त्रका साथ ऋग्वेदीय परम्परा र हिमालय क्षेत्रका विविध संस्कृतिहरुसँगको यसको सम्बन्धको गहिरो अन्वेषण गर्ने लक्ष्यका साथ दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गरिएको आयोजकले जनाएको छ ।
 

देश विदेशका स्कलर्स, रिसर्चर सहभागी सम्मेलनमा ऋग्वेद तथा वैदिक मान्यता, विधि र आयाम, हिमालय संस्कृति र पर्यटनका बारेमा अनुसन्धानात्मक लेखहरु प्रस्तुत गरिने र विद्वत छलफल गरिने कार्यक्रम छ ।

 

प्र​देश प्रमुख भट्टले नेपाल लगायत विभिन्न देशका वेदका ज्ञाताले ऋग्वेद र हिमाली सभ्यताका आयामबारे गरिने विचार मन्थन फलदायी हुने विश्वास लिँदै सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै धर्म, संस्कृति तथा पर्यटन सम्बन्धी नीति निर्माण र कार्यान्वयनमा रहेका पदाधिकारी एवं प्राज्ञिकहरु लाभान्वित हुनेमा आशावादी रहेको बताउनुभयो ।

 


 

वैदिक ज्ञान एवं आधुनिक समाज विज्ञानका ज्ञाताहरुका बीचमा वस्तुगत अध्ययनका लागि सहकार्यको नयाँ सम्भावना खुलेको बताउँदै प्रदेश प्रमुख भट्टले यस्ता सम्मेलनले हिमाली समाज र संस्कृतिका मूल्य र मान्यताको जागरणको ढोका खुल्ने उल्लेख गर्नुभयो ।  
 

‘हिमालय क्षेत्रको सांस्कृतिक तथा धार्मिक परिदृश्यलाई गहिरो रुपमा प्रभाव पारेको ऋग्वेद, मानव जातिको सबैभन्दा पूरानो र र प्रभावशाली ग्रन्थहरुमध्ये एक हो । मानवताको संरक्षण र पृथ्वीको संरक्षण जस्ता सार्वभौम सिद्धान्तमा आधारित यस ग्रन्थ २१ औं शताव्दीमा मानवमूल्यहरूको संकट सामनाका लागि सहयोगसिद्ध हुने ठानी आयोजकले सान्दर्भिक र समयसापेक्ष विषयमा आयोजना गरेको यो सम्मेलन महत्वपूर्ण छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।


 

ऋग्वेदीय सिद्धान्तहरूको पुनरावलोकन र पुनर्जीवन प्रदान गर्ने उद्देश्यका साथै हिमालय संस्कृतिमा परेको प्रभाव र आधुनिक चुनौतीहरुको समाधानको लागि सम्भाव्य अन्वेषण गर्ने प्रयासले मूर्त रुप लिन सकोस् भनी उहाँले शुभेच्छा प्रकट गर्नुभयो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची पनि बोल्नुभएको थियो ।
 

सम्मेलनका विशेष वक्ताहरुमा प्राडा विणा पौडेल, छक्क बहादुर लामा, प्राडा कृष्णचन्द्र शर्मा, प्राडा विनोद पोखरेल, प्राडा ऋषिराम रेग्मी रहनुभएको छ ।

 

 

माया तिम्सिना, डा. महाश्रम शर्मा, सचिव कुलमान सिंह गुरुङ्ग, डा. रिपु कुँवर, समाजशास्त्री विष्णु बसेललगायतले पनि आफ्ना धारणा राख्नुहुनेछ ।
 

आयोजक मुक्त फाउण्डेशनका दामोदर त्रिपाठीका अनुसारकार्यक्रममा २८ वटा कार्यपत्र प्रस्तुत गरनेछ ।

 

वैदिक ज्ञानको पवित्रीकरण र हिमालय क्षेत्रमा साँस्कृतिक/सम्पदा अन्तराष्ट्रिय पर्यटनको सम्भावना दुई विषयमा प्यानल छलफल हुनेछन् । सम्मेलनको अन्तमा कार्यक्रमको उपलब्धिसहित भावी रणनीतिका सम्बन्धमा पोखरा महानगरका मेयर र विज्ञहरुका बीचमा विशेष छलफल हुने कार्यक्रम रहेको उनले जनाए । 

 

पाल्पा:     रामपुर नगरपालिका–५  बेझाड बजारमा इलाका प्रशासन कार्यालय निर्माण भएको छ । चार करोड ५६ लाख ७७ हजार पाँच सय ७१ को लागतमा निर्मित १४ कोठे भवनबाट सेवा प्रवाह प्रारम्भ भएको छ ।&n...

थप पढ्नुहोस्

काठमाडौं:     गत वर्षको ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा भएको छ । यो सम्मान १० जना स्रष्टा र एउटा सङ्गीत प्रतिष्ठानलाई प्रदान गरिने भएको छ । नातिकाजी स्मृति समाजद्वारा आज यहाँ आय...

थप पढ्नुहोस्

पोखरा:    कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सुरु भएको छ ।    चैँपर ल...

थप पढ्नुहोस्