चिसो बढेसँगै माछामासुको कारोबारमा वृद्धि
सुनसरी | मंसिर २१, २०८१
सुनसरी: सुनसरी सदरमुकाम इनरुवा–३ का सुशान्त चौधरी बिहान ५ बजे मासु पसलमा आइपुग्नुहुन्छ ।
उहाँको दैनिकी खसी काट्ने र मासु बिक्री गर्नेमा बित्ने गरेको छ । गर्मीयाममा केही ढिलो पसल खोल्ने र कम बिक्री हुने मासु अहिले बढी बिक्री हुने गरेको सुशान्तले बताउनुभयो ।
चिसोमा खसीको मासु बढी खपत हुने भन्दै चौधरीले दैनिक १५ वटासम्म खसी काटेर बिक्री गर्ने गरेको जनाउनुभयो ।
गर्मीका बेलामा सरदर १० देखि १२ वटासम्म खसी काटेर मासु बिक्री गर्दै आएकामा चिसोका बेलामा १५ वटासम्म काट्ने गरेको उहाँको भनाइ छ ।
चिसोका बेलामा बिहानैदेखि मासु किन्नेको भीड लाग्ने गरेको भन्दै अन्य पसलहरूमा पनि यो समयमा जिल्लामा माछा र मासुको कारोबारमा वृद्धि हुने जानकारी दिनुभयो ।
इनरुवासहित जिल्लाका विभिन्न ठाँउमा लाग्ने हाटमा माछा, मासुको कारोबारमा वृद्धि भएको स्थानीय माछा व्यापारी गुलावी मुखियाले बताउनुभयो । इनरुवा, लौकही, रामधुनी, इटहरी, धरानलगायत स्थानमा रहेका माछा, मासु पसलमा चिसो बढेसँगै ग्राहकको घुइँचो लाग्न थालेको उहाँको भनाइ छ ।
माछा, मासुको प्रयोगले शरीरलाई तातो राख्ने र चिसोबाट लाग्ने रोगसँग लड्न प्रतिरोधात्मक क्षमतासमेत वृद्धि गर्ने भएकाले चिसोका बेलामा मानिसले बढी माछामासुको प्रयोग गर्ने चिकित्सक देवराज घिमिरेले बताउनुभयो ।
चिसोका बेलामा बिरामीलाई चिकित्सकले बढी मात्रामा माछामासुको झोल प्रयोग गर्न सल्लाह दिने उहाँको भनाइ छ ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

