एनपिएल: कर्णालीविरुद्ध काठमाडौं गुर्खाजको सँघर्षपूर्ण जीत

काठमाडाैं | मंसिर १९, २०८१

एनपिएल: कर्णालीविरुद्ध काठमाडौं गुर्खाजको सँघर्षपूर्ण जीत

काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले पहिलो जित हाँसिल गरेको छ ।

 

काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङको निम्तो दिएको कर्णालीले १९.३ ओभरमा ७ विकेट गुमाएर १ सय ५० रनको प्रतिस्पर्धात्मक लक्ष्य पेश गरेको थियो ।

 

काठमाडौंको जीतमा जेहार्ड एरास्मसले २८ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाए ।

 

ओपनर माइकल लेभिटले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा २२ रन जोडे करण केसीले १० बलमा २ चौका र २ छक्काको सहयोगमा २८ रन बनाए । 

 

भीम सार्कीले १० बलमा ९ रन जोडे । गुलशन झाले १९ बलमा १ चौकाको सहयोगमा १२ रन जोडे ।

 

आजै हुने दोस्रो खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सको सामना गर्दैछ ।
 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्