२५ औं आदर्श कपको तयारी पूरा, गण्डकीका ८ टिम भिड्दै
उपधि राशी ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ
पाेखरा | मंसिर १९, २०८१

पोखरा: लेखनाथको भण्ढारढिकमा ६ वर्षपछि आयोजना हुन लागेको २५ औं सस्करणको आदर्श कपको सम्पूर्ण तयारी पुरा भएको छ ।
आदर्श युवा क्लबले पोखरामा आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गर्दै सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
क्लबका अध्यक्षले ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल विकास हाम्रो दृढता’ भन्ने नारासहित भण्ढारढिकमा आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको बताए ।
उनले उद्घाटन खेलमा आयोजक र एन्फा तनहुँ भिड्ने जानकारी दिए ।
उनका अनुुसार गण्डकी प्रदेशका कुल ८ टिमको सहभागिता रहने सो प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । भने, प्रतियोगितामा हरेक खेलबाट म्यान अफ द म्याच हुने खेलाडीलाई नगद रु ५ हजारले पुरस्कृत गरिनेछ ।
प्रतियोगितामा प्रवेश शुल्क सेमिफाइनलसम्म सय रुपैयाँ र त्यसपछि नगद रु १ सय ५० निर्धारण गरिएको आयोजकले जनाएको छ ।
सो प्रतियोगितालाई शौर्य सिमेन्ट इन्डष्ट्रिज प्रालिले मुख्य प्रायोजन गरको छ ।
कसको खेल कति गते ?
कुल ८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एवाइसी र एन्फा तनहुँ भिड्ने छन् ।
उक्त खेल दिनको १ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेल नेपाल सिद्धिदल गण पश्चिम पृतना हेक्वा र सशस्त्र प्रहरी बल गण्डकी मुख्यालयबीच हुनेछ ।
यस्तै २४ गते कास्की ११ र एन्फा स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ । २५ गते नेपाली प्रहरी गण्डकी प्रदेश र एन्फा गोरखा भिड्नेछन् ।
२६ गते पहिलो सेमिफाइनल र २७ गते दोस्रो सेमिफाइनल खेल हुनेछ । फाइनल भने, २९ गते दिउँसो १ बजे सञ्चानल गरिने आयोजकले जनाएको छ ।
यो पनि पढ्नुहोस
ढोरपाटन: बागलुङ नगरपालिका–१ का डम्मरबहादुर मल्ल बिहान झिसमिसेमै कालिका मन्दिर गेटमा पुग्नुहुन्छ । जहाँ उहाँको सानो पसल र रोट (मन्दिरमा चढाउने प्रसाद) बनाउने अँगेनो छ । मन्दिरमा भक्तजन आउनुपूर्व ...
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ ला...
झापा: झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ। स्थानीयवासीले आज बिहान राइफल फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा ग...