नेपाली कांग्रेसका योद्धा गुरुङको निधन

पाेखरा | मंसिर १८, २०८१

नेपाली कांग्रेसका योद्धा गुरुङको निधन

पोखरा:    नेपाली कांग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी कांग्रेस बुढा दिल बहादुर गरुङको आज बिहान १०२ बर्षको उमेरमा निधन भएको छ ।

 

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले गरुङको पार्थिव शरीरमा आज पोखराको रामघाटस्थित बौद्ध अर्घौसदनमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

 

श्राद्धञ्जली अपर्ण गर्दै काँग्रेस नेता जोशीले शताव्दी पुरुष स्व.गुरुङ नेपाली काँग्रेसको मात्र नभई सबै पार्टी र समुदायको साझा नेताका रुपमा रहनुभएको स्मरण गर्नुभयो ।

 

नेपाली काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभासदस्य समेत रहनुभएका स्व.गुरुङको निधन प्रति दुख व्यक्त गर्दै जारी गर्नुभएको शोक विज्ञप्ति नेता जोशीले पढेर सुनाउनुभएको थियो ।

 

पर्वत जिल्ला साविक आर्थरडाँडा घर भई हाल पोखरा महानगरपालिका शिवालयचोक बस्दै आउनुभएका स्व.गुरुङ नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता एवं काँग्रेस बुढाका नाममा प्रख्यात हुनुहुन्थ्यो ।

 

उहाँ तत्कालीन समयमा गाउँ पञ्चायतको संरचना सुरु भएपछि पाँच पटकसम्म वडा अध्यक्ष भएर काम गर्नुभयो भने तत्कालीन स्याङ्जा जिल्ला पञ्चायतको सदस्य समेत रहेर काम गर्नुभएको थियो ।

 

 

 

पोखरा:    लेखनाथको भण्ढारढिकमा ६ वर्षपछि आयोजना हुन लागेको २५ औं सस्करणको आदर्श कपको सम्पूर्ण तयारी पुरा भएको छ ।   आदर्श युवा क्लबले पोखरामा आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गर्दै सम्...

थप पढ्नुहोस्

काठमाडौँ:  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।   आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क...

थप पढ्नुहोस्

काठमाडौं जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सले दिएको १ सय ५० को लक्ष्यलाई काठमाडौं गुर्खाजले पछ्याएको छ ।   आजको पहिलो खेलमा कर्णालीले काठमाडौंलाई १ सय ५० रनको प्रतिस्पर्ध...

थप पढ्नुहोस्