फुटबल खेल मैदानमा भागदौड मच्चिँदा गिनीमा ५६ जनाको मृत्यु

काठमाडाैं | मंसिर १७, २०८१

फुटबल खेल मैदानमा भागदौड मच्चिँदा गिनीमा ५६ जनाको मृत्यु

गिनीको दोस्रो ठूलो शहर एन’जेरेकोरमा एक फुटबल खेलमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको गिनीको जुन्ता नियन्त्रित सरकारले सोमबार जानकारी दिएको छ ।

 

“रेफ्रीको निर्णयप्रति असन्तोष व्यक्त गर्दै समर्थकहरूबीच विवाद पछि भएको झडपपछि आइतबारको खेलमा घातक भागदौड मच्चिएको थियो,” राष्ट्रिय टेलिभिजनले सरकारद्वारा जारी एक विज्ञप्तिलाई उद्धृत गरी लेखेको छ ।

 

“एनजेरेकोरको अस्पतालहरूले दिएको जानकारी अनुसार अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ,” विज्ञप्तिमा भनिएको छ।

 

प्रधानमन्त्री अमादोउ ओरी बाहले फेसबुकमा एक पोस्ट लेख्दै लाबे र एनजेरेकोरको टोलीबीचको खेलमा खलल पु¥याउने घटनाको निन्दा गरेका छन् ।

 

उहाँले भन्नुभयो, “सरकारले घटनाको अनुसन्धान गरिरहेको छ । घाइतेहरूको उपचार र अन्य सहयोगमा बाधा नपुगोस् भन्नेमा पूर्णरूपमा सजक छ । सरकार सबै नागरिकलाई शान्तिका लागि संयमता अपनाउन आह्वान गर्दछ।”

 

सन् २०२१ मा भएको सत्ता विद्रोह (कू) बाटसत्ता कब्जा गरेर आफूलाई राष्ट्रपतिमा स्थापित गरेका गिनीका जुन्टा नेता मामाडी डौम्बोयाको सम्मानमा आयोजना गरिएको प्रतियोगिताको एक हिस्साका रुपमा दक्षिणपूर्वी सहरमा उक्त खेल भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

दाङ:  दाङको घोराही–रामपुर सडकखण्डअन्तर्गत सिस्ने खोलामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको निधन भएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल सिस्ने खोलामा अनियन्त्रित भई दुर्घटना भएक...

थप पढ्नुहोस्

पोखरा:  पोखरामा सम्पन्न भएको ओपन फुटसल प्रतियोगिताको उपाधि रामघाट ह्वाइटले जितेको छ ।  बक्स पोखराले असार २७ देखि २९ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा आयोजना गरेको ओपन फुटसल प्रतियोगिताको फा...

थप पढ्नुहोस्

पोखरा:   जब प्रकृति, संस्कृति र आतिथ्य एकै ठाउँमा भेटिन्छन्, त्यहाँ पुग्ने पर्यटकले पनि अलौकिक आनन्दको अनुभूति गर्छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक पनि यस्तै प्रकृति, संस्कृति र आतिथ्यको सङ्गम हो भन्द...

थप पढ्नुहोस्