मानवसेवा आश्रममा ‘त्रिशक्ति समाज सेवा क्लब’को सहयोग
पाेखरा | मंसिर १६, २०८१
पोखरा: त्रिशक्ति समाज सेवा क्लबले तिहारको अवसरमा आयोजना गरेको तेस्रो सिमपानी साँझबाट संकलितमध्ये केही रकम सामाजिक कार्यमा खर्च गरेको छ ।
शनिबार क्लबका पदाधिकारीहरु पोखरा २५ हेमजास्थित मानव सेवा आश्रममा पुुगेर १६० जना आश्रितलाई खाना खुवाएको क्लबका सहसचिव प्रविण सुुवेदीले जानकारी दिए ।
यस्तै उनका अनुसार हीरक जयन्ती मनाइरहेको राष्ट्रिय माविकालाई पनि ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो ।

उनले नेपअपले आयोजना गरेको श्रीपेचको अन्तिम प्रतिस्पर्धी निशान रानामगरलाई पनि नगद रु १२ हजार आर्थिक सहयोग गरेको बताए ।
‘हामीले सामाजिक काममा खर्च गर्ने योजना अनुसार नै हामीले कार्यक्रम गरेका थियौ । त्यसैले साँझबाट जम्मा भएको रकममध्ये करिब ५० हजार बराबरको हामीले सामाजिक कार्यमा खर्च गरेका हौं,’ उनले भने ।
क्लबले गत कात्तिक १७ गते सिम्पानी चोकमा टुबोर्ग प्रिजेन्टस् तेस्रो सिम्पानी साँझको आयोजना गरेको थियो ।
क्लब स्थापना लामोसमयदेखि सामाजिक तथा खेलकुदको क्षेत्रमा क्रियाशिल रहदैं आएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

