आईएसएमटीको रक्तदानमा ६२ युनिट रगत सङ्कलन
पाेखरा | मंसिर १४, २०८१
पोखराः बेलायतको सण्डरल्याण्ड युनिभर्सिटीबाट सम्बन्धनप्राप्त कलेज आइएसएमटीले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत सङ्कलन भएको छ ।
काठमाण्डौको तीनकुने गैरीगाउँस्थित आईएसएमटी कलेज प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा ६२ जना विद्यार्थी, शिक्षक तथा कर्मचारीले रक्तदान गरे ।
कलेजका विजनेश डेभलपेन्ट अफिसर–हेड बासुदेव वस्तीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस कार्यक्रमले तत्काल देखिएको रगत अभावलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
ISMT Group अन्तर्गत University of Sunderland UK को सम्बन्धनमा नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा आईएसएमटी कलेजहरु संचालनमा छन् ।
कलेजले BBA, BHM, BSc. IT, BSc (Hons) Cyber Security and Digital Forensics र MBA कार्यक्रम संचालन गरिरहेको छ ।
लुम्बिनी: प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी आउनु भएको छ । उहाँलाई भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमा...
पोखरा: १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुष २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ । महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गर...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अद्वितीय ध्यान विधि मानव जातिलाई सर्वव्यापी चेतनासँग जोड्ने एक सरल र सहज माध्यम भएको बताउनुभएको छ । हिमालय समर्पण ध्यान योग नेपालले गण्डकी प्र...