कास्की प्रहरी भन्छ: रविलाई काठमाडौं लाने तयारी छैन
पाेखरा | मंसिर ११, २०८१

पोखरा: रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं पठाउनेबारे केही तयारी नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले स्पष्ट पारेको छ ।
कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले तत्काल लामिछानेलाई काठमाडौं लैजानेबारे केही कुरा नभएको स्पष्ट पारे ।
‘अहिले केही छैन । मलाई यस विषयमा केही जानकारी छैन । बिहानदेखि काम गर्न पाएको छैन । यो फेक न्यूज कस्ले लेख्यो, किन लेख्यो थाहा छैन ।’ डिएसपी शर्माले सुनगाभा न्यूजसँग भने ।
उनले दोहोर्याउदै अहिलेसम्म लामिछानेलाई काठमाडौं पठाउनेबारे ऐकिन नभएको बताए । ‘तयारी भन्ने अहिलेसम्म केही छैन । सबै गर्ने काठमाडौंले हो । पठाइदे भन्यो भने हाम्रो काम पठाइदिने मात्रै हो । अहिलेसम्म केही छैन ।’
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने अहिले कास्की प्रहरीको हिरासतमै छन् ।
संगठित अपराध, सहकारीको रकम अपचलन तथा सम्पत्ति शुद्धिकरण मुद्धामा अनुसन्धानका लागि हालसम्म कास्की जिल्ला अदालतबाट पाँच पटक म्याद थपिएको छ ।
उनीविरुद्ध कास्की जिल्ला अदालतले गत ९ गते १५ दिनका लागि म्याद थप गरिएको थियो ।
उनलाई यसबीचमा काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेपछि बयानका लागि काठमाडौं लगिने भनिएपनि हालसम्म तयारी नभएको कास्की प्रहरीले बताएको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...