मानव सेवा आश्रममा ‘एभरेस्ट कक्ष’का लागि १ लाख प्रदान
पाेखरा | मंसिर १०, २०८१
पोखरा: पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ ।
एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा “एभरेस्ट एफएम” कक्ष निर्माणका लागि तेश्रो किस्ताका रुपमा थप १ लाख एक रुपैयाँ प्रदान गरेको हो ।
एफएमको चौथो वार्षिकोत्सवको अवसरमा सोमवार आयोजित एक कार्यक्रमकाबिच एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रम कास्कीका संयोजक सदिस पुनलाई रकम हस्तान्तरण गरेकी हुन् । एफएम स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा ‘एभरेस्ट एफएम कक्ष’ निर्माण गर्ने घोषणा गरेको एफएमले ५ वर्षमा सवा ५ लाख दिने प्रतिबद्धता जनाएको थियो ।
सोहि प्रतिबद्धता अनुरुप एफएमले दोश्रो र तेश्रो वार्षिकोत्सवको अवसरमा पहिलो र दोश्रो किस्ता गरेर २ लाख २ रुपैयाँ प्रदान गरेको थियो । यस वर्ष प्रदान गरेको रकम एफएमको तेश्रो किस्ता भएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेस्ट एफएम कक्ष निर्माण गर्ने घोषणा गरेका थियौं,उनले भने,‘अघिल्लो दुई वर्ष पहिलो र दोश्रो किस्ता बुझाएका थियौं । यो दोश्रो किस्ता हो भने बाँकी आगामी तीन वर्ष निरन्तर प्रदान गर्छौं ।’ संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नै रेडियोले वार्षिकोत्सवको सन्दर्भ पारेर गत कात्तिक १० गते आयोजना गरेको आमस्मिक रक्तदान कार्यक्रम गर्दा २५१ युनिट रगत संकलन भएको थियो ।
कार्यक्रममा बोल्दै एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले एभरेस्ट एफएमको उद्देश्य नै सामाजिक सचेतना फैलाउँदै समाज सेवा गर्नुरहेको बताईन् । ‘सोहि उद्देश्य अनुसार नै हामीले एभरेस्ट कक्ष निर्माण गरेका हौं ।’–उनले भनिन् ।
कार्यक्रममा बोल्दै मानव सेवा आश्रमका कार्यालय प्रमुख सदीश पुनले २०८२ साल सम्ममा सहयोगापेक्षीमुक्त समाज बनाउने अभियानमा आफूहरु रहेको भन्दै सो कार्यका लागि सहयोग गरेकोमा एभरेस्ट एफएमलाई धन्यवाद दिए । पोखराको छोरेपाटनमा आमा र हेमजामा बुबाहरुको लागि आश्रम बनाएको भन्दै उनले भने,‘असक्तहरुलाई पालनपोषण गर्ने, परिवार भएकालाई पुर्नमिलन गर्ने कामपनि गरिरहेका छौं ।’
कार्यक्रममा सञ्चालक समितिका सदस्य सन्तोष पोखरेल, सोभितमान बुद्धाचार्य, वोर्ड सदस्य दीपक कार्कीलगायतले बोल्दै एफएमले छोटो समयमै सफलता हासिल गरेकाले यसलाई कायम राख्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए ।
यसअघि एफएम सञ्चालनको अवसरमा २०७७ सालमा पनि रेडियोले मानव सेवा आश्रम पोखरालाई १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्रदान गरेको थियो भने प्रथम वार्षिकोत्सवको अवसरमा एफएमले खादरजुङ्गको एक आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो ।
यसैबीच, एभरेस्ट एफएमको ‘बेष्ट स्टाफ अफ दी ईयर’बाट सहायक लेखापाल जमुना तिमिल्सिना पराजुली पुरस्कृत भएकी छन् । । एफएमले वर्षभरी काम गरेको आधारमा छनौट गर्ने स्टाफ अफ दी ईयरबाट पराजुली पुरस्कृत भएकी हुन् ।
एफएमको तेश्रो वार्षिकोत्सवको अवसरमा पुरस्कृत पराजुलीलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित दोषल्ला, माला र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङ, सम्पादक दीपेन्द्र श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु मीनाकुमारी गुरुङ, सन्तोष पोखरेल, सोभितमान बुद्धाचार्य, धनकुमारी रायमाझीलगायतले सम्मान गरेका थिए ।
यसअघि दोश्रो वार्षिकोत्सवको अवसरमा प्राविधिक प्रमुख दीलु गुरुङ र तेश्रो वार्षिकोत्सवको अवसरमा शशी पौडेल बेष्ट स्टाफ अफ दी इयरबाट पुरस्कृत भएका थिए ।
काठमाडौं: धानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई मधेश र देशका अन्य भेगका नागरिकलाई चिसो मौसममा ठण्डीबाट बचाउने पूर्वतयार...
सप्तरी: सप्तरीको राजगढ गाउँपालिका–६ स्थित मुतनीखोलामा बरदाही र कुरनमा गाउँलाई जोड्ने पुलको निर्माण थालिएको एक दशकभन्दा बढी समय भइसक्दा पनि पुल बन्न सकेको छैन । पुल नबन्दा यस क्षेत्...
पोखरा: पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्...