नीति निर्णयकर्ताहरुसगँ फेडोको छलफल सम्पन्न
पाेखरा | साउन ६, २०७९
पोखरा: दलित महिला संघ (फेडो) कास्कीको आयोजनामा बिहिबार पोखरामा नीति निर्णयकर्ताहरु सँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।
फेडोले नीति निर्णयकर्ताहरुसगँ आयोजना गरेको सो छलफल महिला जातिय बिभेद, लैङ्गकि बिभेद र बजेट योजना तर्जुमामा रहेको संघ कास्कीकी परियोजना कार्यक्रम संयोजक इश्वरी बिकले बताइन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय कास्कीको तर्फबाट महिला सेल समिक्षा खत्रिले गण्डकी प्रदेशमा घटेका महिला हिसांका घटना,जातिय हिसांका घटनाहरुको साथै तथ्याङको बारेमा जानकारी गराएकी थिइन् ।
कार्यक्रममा इन्सेक गण्डकीका संयोजक शिव खकुरेल, कोपिला नेपालको तर्फबाट श्याम सुन्दर ढुङगाना, सिआइसीका अमिन परियार एकल महिला संघको तर्फबाट जुना केसी, वडा नम्बर ६ र ८ को वडा सचिव, र जनप्रतिनिधि गैसस, एन्जियो फेडे्सन कास्कीका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।
दलित महिला संघ कास्कीका अध्यक्ष सुमित्रा गायको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संयोजक इश्वरी बिकले गरेकी हुन ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

