उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुन्छ: गृहमन्त्री लेखक

काठमाडाैं | कात्तिक ३०, २०८१

उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुन्छ: गृहमन्त्री लेखक

काठमाडौं:   गृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तह उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ । 


प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपनिर्वाचनका लागि सरकारले सुरक्षाका आवश्यक प्रबन्ध मिलाइसकेको स्पष्ट पार्नुभयो ।


गृहमन्त्री लेखकले निर्वाचन नजिकिएको समयमा स्थानीय तहको प्रमुख कार्यकारी सरुवा गरिएका विषयमा आफूले समान्य प्रशासनमन्त्रीसँग जानकारी लिएको स्पष्ट पार्नुभयो । 


सांसद गगनकुमार थापाले निर्वाचन प्रभावित पार्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी सरुवा गरिएको आशङ्कासहित गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । 


गृहमन्त्रीले निर्वाचनको निष्पक्षता, स्वतन्त्रालाई सुनिश्चित गर्नेगरी सामान्य प्रशासनमन्त्रीसँग पुनः छलफल गर्ने बताउनुभयो । निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगसँग पनि समन्वय भइरहेको जानकारी दिँदै उहाँले निष्पक्ष र स्वतन्त्र ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।


“यसका लागि सुरक्षाका आवश्यक प्रबन्ध मिलाइएको छ । उपनिर्वाचन केन्द्रीय सुरक्षा समितिको बैठक बसेर सबै सुरक्षा निकायलाई सुरक्षाको उचित प्रबन्ध गर्न आवश्यक निर्देशन दिइसकेको अवस्था छ”, गृहमन्त्री लेखकले भन्नुभयो ।


आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्