पोखरामा ७ जुवाडे १ लाख बढी नगदसहित पक्राउ

पाेखरा | कात्तिक २८, २०८१

पोखरामा ७ जुवाडे १ लाख बढी नगदसहित पक्राउ

पोखरा:   पोखरामा ७ जना जुवाडे १ लाख १२ हजार ९० रुपैयाँसहित पक्राउ परेका छन् । 


पोखरा महानगरपालिका–१६ अमरदिपस्थित गौमाया गुरुङको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जना जुवाडेलाई हिजो (मंगलबार) पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६दिप बस्ने ४० वर्षीय कृष्ण गुरुङ, ४५ वर्षीय गौमाया गुरुङ, ३८ वर्षीय जुनिता भट्टचन, पोखरा–८ सिमलचौर बस्ने ६४ वर्षीय गौमान गुरुङ, ४८ वर्षीय रुपा गुरुङ, पोखरा–१३ पाटनबेशी बस्ने ४० वर्षीय हेमजार गुरुङ र पोखरा–२७ बस्ने ४६वर्षीय बुद्धि बहादुर गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


कास्की प्रहरीका अनुसार ७ जना जुवाडेको साथबाट २ सय १२ पत्ति तास र १ लाख १२ हजार ९० रुपैयाँ बरामद भएको छ । उनीहरुलाई हारजित हुनेगरी जुवतास खेलिरहेको हुँदा नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । 


पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसूरमा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

काठमाडौं:     प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।      पक्राउ प...

थप पढ्नुहोस्

काठमाडौं:    आज सुनको मूल्य प्रतितोला रु १ हजारले बढेर रु १ लाख ६४ हजार कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य रु १ लाख ६३ हजार थियो ।  ...

थप पढ्नुहोस्

पोखरा:    कास्की र मनाङको सिमाना अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमान...

थप पढ्नुहोस्