गण्डकी प्रज्ञा–प्रतिष्ठानले लोपोन्मुख नाँचको प्रदर्शन गर्ने

पाेखरा | कात्तिक २८, २०८१

गण्डकी प्रज्ञा–प्रतिष्ठानले लोपोन्मुख नाँचको प्रदर्शन गर्ने

पोखरा:  गण्डकी प्रज्ञा–प्रतिष्ठानले पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर लोपोन्मुख नाँचहरूको प्रदर्शन गर्ने भएको छ ।

 

आगामी मंसिर अन्तिम साता गरिने यो प्रदर्शन १० दिनसम्म चल्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पोखरा पर्यटनको राजधानी समेत भएकोले संस्कृतिसँग पर्यटन मिसाउने कार्यक्रम गर्दै पर्यटकको आकर्षण बढाउन खोजिएको हो ।

 

यो कार्यक्रम हरेक दिन बेलुका दुई घण्टा प्रतिष्ठानको भानु हलमा चल्नेछ । कार्यक्रम मार्फत ७०–८० कलाकारले प्रस्तुती राख्दै गण्डकी प्रदेशको संस्कृति प्रस्तुत गर्नेछन् ।
 

प्रतिष्ठानले पुषको पहिलो हप्ता गण्डकी प्रदेशका मौलिक लोकबाजाहरूको प्रस्तुती ‘अर्केष्ट्रा’ प्रस्तुत गर्ने सदस्य सचिव श्रेष्ठले जानकारी दिए । ४० जना वाद्यवादक विभिन्न जातजातिको मौलिक धुन र गण्डकी प्रदेशका कीर्तिशेष स्रष्टाहरूको चर्चित लोक गीतका धुनहरू एउटै स्टेजमा प्रस्तुत गर्नेछन् । बाजाले दिने धुन कति महत्वपूर्ण छ भन्ने बारेमा नयाँ पुस्तालाई जानकारी गराउनका लागि यो कार्यक्रम गर्न लागिएको हो ।

 

प्रतिष्ठानले अहिलेको आर्थिक वर्ष ८१/८२ को पहिलो चौमासिकसम्म आइपुग्दा वार्षिक कार्यक्रम अन्तरगत रहेका ५७ कार्यक्रम मध्येमा मौलिक बाजा र भाषाका कार्यक्रम लगभग सकेको जनाएको छ । बाजातर्फ गुरुङ समुदायको एक महिने छ्याडु बाजा प्रशिक्षण, नेवार समुदायको धिमे बाजा, साराङ नाच, नेपाल भाषा, श्रीकृष्ण नृत्य, गायन र बाजा, सोरठी प्रशिक्षण लगायतका कार्यक्रम भएको सदस्य सचिव श्रेष्ठले बताए ।
 

प्रतिष्ठानले गण्डकी प्रदेशमा आयोजना हुने संस्कृतिसँग सम्बन्धित कार्यक्रममा सहकार्य गर्ने गरेको छ । आजसम्म ४२ वटा वाङमयिक संस्थासँग सहकार्य गरेको उनले खुलाए ।
 

यस्तै गत वर्ष जस्तै यो वर्ष पनि प्रादेशिक चित्रकला प्रदर्शनी हुने भएको प्रतिष्ठानले जनाएको छ । कुल ५ दिनको प्रदर्शनी मार्फत छनोट भएका चित्रले केन्द्रमा गएर प्रतिष्पर्धा गर्नेछन् ।
 

प्रतिष्ठानले स्रष्टाको क्याटगोरीको आधारमा परिचयपत्र वितरण गर्ने भएको छ । त्यो परिचयपत्र देखाएर स्रष्टाले विभिन्न ठाउँमा छुट पाउने अवस्था बनाउन खोजिएको छ ।


अनुसन्धानको काम र निर्माणका काम भइरहेको छ । भानुहलमा कुर्ची थपेर र साउण्ड सम्बन्धी काम गरेर पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ । अक्षयकोष निर्माण गर्ने तयारीमा समेत भएको जनाइएको छ ।
 

यो वर्ष १५ जना स्रष्टाको बायोग्राफी समेत तयार पारिएको जनाइएको छ ।

यसरी बायोग्राफी तयार पारिएका स्रष्टामा साहित्यकार सूर्य खड्का बिखर्ची, सुमन कुमार गुरुङ र देवी वनवासी, संस्कृतिकर्मी पदमराज ढकाल, सङ्गीतकार नवराज बराल र श्यामलाल श्रेष्ठ, नृत्यकार धन बहादुर गुरुङ र टक बहादुर गुरुङ, नाटककार कृष्ण उदासी, समालोचक प्रा.डा. जगन्नाथ रेग्मी, प्रा.डा. यदुनन्दन उपाध्याय र झलक सुवेदी, कलाकार प्रमिला तुलाचन, लोक प्रसाद गुरुङ र क्षेत्रलाल कायस्थ रहेका छन् ।
 

यो वर्षका लागि तय भएका सबै कार्यक्रम चैत्रको मसान्तमा सक्ने तयारी गरिएको सदस्य सचिव श्रेष्ठले बताए । अहिलेको टिमको कार्यकाल आगामी बैशाख १४ गतेसम्म भएकोले त्यो दिनमा कार्यकालमा भएका सबै कामको फेहरिस्त प्रस्तूत गरेर विदा हुने तयारी भएको समेत उनले खुलाए ।

काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकिएको छ ।      पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपच...

थप पढ्नुहोस्

पोखरा:  ६८ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीका सदस्य सहित स्थानीय, प्रहरी, आमा समुह मिलेर सरसफाइ गरेका हुन् । ...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मा झापाका चुडामणि चापागाईंलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उहाँलाई उक्त पदमा नियुक्त गरेको हो ।  &nb...

थप पढ्नुहोस्