त्यो उद्धार, जस्ले सम्मान दिलायो
पाेखरा | कात्तिक २७, २०८१

पोखरा: कास्कीको मर्दी पदमार्गमा बेपत्ता भएकी चिनियाँ नागरिकको सकुशल उद्धार गर्न सफल भएको भन्दै चिनियाँ नागरिक 'बेला'ले गाउँमै आएर सम्मान गरेका छन् ।
गत असोज २३ गते मर्दी पदमार्गमा बेपत्ता भएका चिनियाँ नागरिकलाई २३ घण्टापछि सकुशल उद्धार गरेको थिए ।
उनै बेपत्ता बेला अहिले आएर माछापुच्छ्रे गाउँपालिका ९ सिधिङमा आएर स्थानीय यामबहादुर क्षेत्री, मदन क्षेत्री, प्रसाद पौडेल र गोर्बद्धन पौडेललाई हिजो (सोमबार) नगदसहित सम्मान गरेकी हुन् ।
चिनियाँ नागरिक बेलाले नगद रु ५० हजार र नेपाल चाइना एशोसिशयनको तर्फबाट उनीहरुलाई नगद २० हजार सम्मानस्वरुप प्रदान गरेको वडाध्यक्ष हरीबहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिए ।
कसरी हराए 'बेला' ?
असोज २३ गते मर्दी हिमाल पदमार्ग अन्तरगत चिनियाँ नागरिक ‘बेला’ हाइक्याप पुगिसकेकी थिइन् ।
त्यहाँको होटल नमस्तेबाट चेक आउट भई निस्केकी उनी एकाएक बाटो बिराएर गन्तव्यविहीन बनिन् । उनी मर्दी खोलाको मुहानसम्म पुगेकी थिइन् ।
उनी कसैको सम्पर्कमा नआएपछि खोजतलासका लागि मर्दी हिमाल पर्यटन व्यवस्थापन समिति, पर्यटक प्रहरी र जनप्रतिनिधिहरुलाई खबर पुग्यो ।
त्यसपछि सयुक्त रुपमा सबै टोली परिचालित भए ।
त्यसपछि उनलाई मर्दी खोलाको मुहान नजिकै कोलङ्गेबाट २३ घण्टापछि स्थानीय यामबहादुर क्षेत्री, मदन क्षेत्री, प्रसाद पौडेल र गोर्बद्धन पौडेल लगायतले सकुशल उद्धार गरेका थिए ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...