नभएका विषयलाई अनावश्यक विवादको मुद्दा नबनाउन प्रधानमन्त्री ओलीको आग्रह

विराटनगर | कात्तिक २७, २०८१

नभएका विषयलाई अनावश्यक विवादको मुद्दा नबनाउन प्रधानमन्त्री ओलीको आग्रह फाइल तस्बिर

विराटनगर:     प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताउनुभएको छ ।


विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विरोध  र आन्दोलन सरकारमा नरहनुको छटपटी हो भन्नुभयो । प्रधानन्त्री ओलीले अहिले अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपिपी)को कुनै कुरा वा चर्चा नै नभएको बताउनुभयो । 


संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा उहाँले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाउनुभयो ।


सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।”

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौँँ फर्कनुभएको थियो ।
 

पोखरा:   सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम जारी छ । पोखरा महानगरपालिका, गण्डकी  प्रदेश  र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा सीमा स्तम्...

थप पढ्नुहोस्

काठमाडौं:   परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि सङ्गठन (एफएओ) सम्मेलनको ४४ औँ सत्रमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभयो । ...

थप पढ्नुहोस्

पोखरामा प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता सुरु भएको छ ।   गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा समूह ‘ए’बाट एपिएफ क्लब र समूह ‘बि&r...

थप पढ्नुहोस्