बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण

पाेखरा | साउन २२, २०८२

बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण

पोखरा: नेपाल सरकार कानुन तथा संसदीय मन्त्रालयले मुलुकी अपराध संहियतालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदा प्रति नेपाली काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण भएको जनाएको छ ।


विभागद्धारा पोखरामा आयोजित महिलाहरुको बिशेष भेलाले नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मामार्फत ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको छ ।


सो पत्रमा महिलाहरुको आत्मसम्मानमा ठेस पु¥याउने गरि अझै पनि दोस्रो दर्जाको नागरिकको रुपमा धचेट्ने अभिप्रायले सरकारले बहुविवाह गर्न पाउने सम्बन्धि कानुन प्रस्तावित मस्यौदालाई अगाडि नबढाउन चेतावनी दिएको छ ।


सो पत्र बुझ्दै सभापति शर्माले ज्ञापनपत्रमा उल्लेख भएका बिषयलाई सम्बन्धित ठाउँमा पुर्याउने बताउनुभयो । प्रजातन्त्रमा सबै नागरिक समान हुने र कसै माथि विभेद नहुने स्पष्ट पार्नुभयो । संसार चलाउन भगवान्ले लिङ्गको आधारमा महिला र पुरुष भनिएको उहाँले बताउनुभयो । शरीर महिला हो भने पुरुष आत्म हो भन्ने भनाई राख्नुभयो ।


उक्त कार्यक्रममा काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीले महिला नै काँग्रेस संगठनको मुल आधार भएको बताउनुभयो ।


त्यसैगरी उपसभापति मेखलाल श्रेष्ठले महिलाहरुलाई अझ सशक्त बनाई राजनीति मुलधारमा ल्याउन आवश्यक रहेको बताउनुभयो । महामन्त्री विष्णु लामिछानेले सवल संगठनको पहिलो आधार काँग्रेस भित्र महिला विभाग रहेको बताउनुभयो ।  


पार्टी प्रवक्ता मधु बास्तोलाले नेपाली काँग्रेसमा मात्र समानुपातिक, समावेशीतालाई पहिलो मान्यता दिने भएकाले महिलाहरुलाई राजनीतिमा आउन उत्प्रेरित गर्नुभयो । 


गण्डकी प्रदेश महिला विभाग प्रमुख शकुन्तला शर्माले कार्यक्रमको अध्यक्षता गर्नुहुदै सरकारले ल्याउन थालेको विद्येयकको विरोध गर्नुभयो । प्रदेशका ११ जिल्लाका महिला प्रतिनिधिहरुको सहभागिता रहेको सो कार्यक्रममा मनोनित गरिएका महिला विभागका सदस्यहरुलाई प्रमाण–पत्र प्रदान गरिएको छ । 

म्याग्दी:  सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ ९आठ हजार १६७ मिटर० अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा ...

थप पढ्नुहोस्

धादिङ:  गए राति खसेको पहिरोका काारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पृथ्वी राजमार्गस्थित वेनिघाट रोराङ्ग गाउँपालिका वडा नम्वर ७ मौवा खेला भन्ने स्थानमा गएको पहिलरोले सडक अबरुद्ध भएको हो । सडकभ...

थप पढ्नुहोस्

काठमाडौं:  आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ। नवरात्रको पहिलो दिन सोमबार दसैँ घर ...

थप पढ्नुहोस्