रवि लामिछानेलाई आज चौथों पटक अदालत लगिदैं

आज पनि रास्वपाको प्रदर्शन

पाेखरा | कात्तिक २५, २०८१

रवि लामिछानेलाई आज चौथों पटक अदालत लगिदैं

पोखरा:   पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज चौथोंपटक कास्की जिल्ला अदालत लगिदैं छ ।

 

लामिछानेविरुद्ध तेस्रो पटक थपिएको म्याद सकिएपछि कास्की प्रहरीले आज फेरि अदालत उपस्थित गराउने भएको हो ।

 

अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० यसअघि तेस्रो पटक १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो । 
 

 

उनीविरुद्ध सहकारी  ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ । 

 

आज पनि रास्वपाको प्रदर्शन

 

लामिछानेको पक्षमा रहेका उनका कार्यकर्ताले आजा पनि विरोध प्रदर्शन गर्ने भएको छ ।

 

रास्वपाले १० बजे जिरोमा जम्मा भएर वाइचोकमा पुगेर सभा आयोजना गर्ने बताएको छ । 

 

अन्य दिन धर्ना दिदैं आएपनि उनलाई अदालत लाने दिन भने विरोध प्रदर्शन नै गर्दै आएको छ ।

 

 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्