सिम्पानी साँझबाट ७ लाख संकलन
पाेखरा | कात्तिक २३, २०८१

पोखरामा क्रियाशिल त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको तेस्रो संस्करणको सिम्पानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।
पोखरा महानगरपालिका १ सिम्पानी चोकमा तिहारको अवसरमा (भाइटिकाको अघिल्लो दिन) आयोजित विविध सांस्कृतिक साँझबाट ७ लाख संकलन भएको क्लबका सहसचिव तथा कार्यक्रम संयोजक प्रविण सुवेदीले जानकारी दिए ।
सो कार्यक्रममा तरेली साँस्कृतिक परिवार र स्थानीय कलाकारहरुले विभिन्न समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गरेका थिए । भने, क्रिस्टल क्लजले विविध आइटन डान्सहरु प्रस्तुत गरेको थिए ।
यस्तै ‘मिलन एण्ड द ओभरेप्टर्स’ ब्याण्डले लाइभ कन्सन्ट गरेको उनले बताए ।
‘यो वर्षको कार्यक्रमबाट करिब ७ लाख संकलन भएको छ । यसको पूर्ण रुपमा सदुपयोग हुन्छ, उनले भने, ‘तेस्रो संस्करणसम्म आउँदा राम्रै तरिकाले अवतरण गरेका छौं । यो वर्ष नौलो विहानीको समूहलाईसमेत स्टेज दिएका थियौं । रामै्र प्रस्तुती दिनुभयो । आगामी वर्ष थप पृथक तरिकाको कार्यक्रम गर्ने योजना बनाएका छौं ।’
नौलो विहानी संस्थाले तेस्रो लिङ्गीहरुको हित र अधिकारका लागि काम गर्ने भएकाले यो वर्ष स्टेज दिएको बताए ।
‘नौलो विहानी तेस्रो लिङ्गीहरुका लागि काम गर्ने संस्था हो । उनीहरुको हक अधिकारको लागि काम गर्ने संस्था भएकाले सकरात्मक सन्देश जान्छ भन्ने हेतुले यो वर्ष उहाँहरुलाई पनि बोलाएका हौं ।’
कार्यक्रम संयोजक सुवेदीले उक्त कार्यक्रमबाट बचत भएको मध्ये केही रकम सामाजिक कार्यमा खर्चिने र अन्य बाँकी रकम कोषमा रहने बताए ।
‘हामीले साँझबाट बचत भएको रकममध्ये केही सामाजिक कार्यमा खर्चिनेछौं । र क्लबको भवन जीर्ण अवस्थामा भएकाले यसको मर्मत संभार गर्नुपर्ने पनि छ । भने, बाँकी रकम हामीले कोषमै राख्नेछौं ।’
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लबका उपाध्यक्ष रितु भण्डारी काफ्लेले सभापतित्व ग्रहण गरेकी थिइन् भने, क्लबका निवर्तमान अध्यक्ष तथा सल्लाहकार बासु जिसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
हरेक वर्ष सिम्पानी चोकमा हुने कार्यक्रमको मुख्य प्रायोजन टुबोर्ग बियरले गर्दै आएको छ भने, शान्ति सुरक्षामा वडा प्रहरी कार्यालय बगरले सहयोग गर्दै आएको छ ।
पोखरा: नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डक...
काठमाडौं: चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ । एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न ...
काठमाडौं: नेपालले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ । भूकम्पबाट प्रभावित म्यानमारका नागरिकलाई सहयोगस्वरुप उक्त राहत सामग्री उपलब्ध गराइएको हो । यान्गुन अन्तरराष्ट्रिय...